Niluwa Online Khabar

२०८३ जेष्ठ १६ गते
२०८३ जेष्ठ १६ गते

मध्यपहाडी लोकमार्ग: बिहुँका स्थानीय र निर्माण व्यवसायीबीच ८ बुँदे सहमति, काम तत्कालै सुरु

Advertisement

Advertisement

मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको बिहुँखण्ड लामो समयदेखि अलपत्र परेपछि आन्दोलनमा उत्रिएका स्थानीय र निर्माण व्यवसायीबीच ८ बुँदे सहमति भएको छ। सहमति अनुसार कात्तिक २१ गतेदेखि नै सडकका खाल्टाखुल्टी मर्मत सुरु हुने, धुलो नियन्त्रणका लागि पानी छर्कने, पहिरो पन्छाउने लगायतका कार्य तात्कालै थालिने भएको छ।

यसअघि स्थानीयले मंसिर १ गतेदेखि सडक बन्द गर्ने चेतावनीसहित आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका थिए। बिहीबार काठेखोला गाउँपालिका–६ इनारपानीमा प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङ, लोकमार्ग आयोजनाकी प्रमुख अनुक्षा घिमिरे, पालिका अध्यक्ष राजु थापा लगायतको रोहबारमा निर्माण व्यवसायी र स्थानीयबीच सहमति जुटेको हो।

८ बुँदे सहमतिको मुख्य अंश

कात्तिक २१ देखि सडकका खाल्टाखुल्टी मर्मत

धुलो भएको ठाउँमा दैनिक पानी छर्कने

पहिरो पन्छाउने कार्य तत्काल

मंसिरदेखि सबबेस (बेस) हाल्ने काम सुरु

पुससम्म ग्राभेल सम्पन्न गर्ने

फागुनदेखि कालोपत्र सुरु गर्ने

२६ किमि मध्ये बाँकी १२ किमि काम प्राथमिकताका साथ अघि बढाउने

आन्दोलनरत स्थानीय भरत प्रसाद सापकोटाका अनुसार, निर्माण व्यवसायी तामाङ–रिजाल–भगवती जेभीले पटक–पटक लापरवाही देखाएपछि आन्दोलनको घोषणा गर्नुपरेको थियो।

९ वर्षमा पनि कालोपत्र नहुँदा स्थानीय आन्दोलित

बागलुङ बजारदेखि घोडाबाँधे सम्मको २६ किमि खण्ड दुई वर्षमै कालोपत्र सक्ने लक्ष्य थियो। तर ९ वर्ष बितिसक्दा अझै १२ किमि कालोपत्र हुन सकेको छैन।
धुलो, हिलो, कृषि उत्पादनमा गिरावट र नागरिक स्वास्थ्यमा असर परेको भन्दै स्थानीयले कात्तिक १६ गते जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण गराएका थिए।

बिहुँ–घोडाबाँधे १३ किमि खण्डमा ५ पटक म्याद थप्दा पनि काम नगरेपछि गत वर्ष ठेक्का रद्द गरिएको थियो। २०८१ असार २१ गते नयाँ ठेक्का सम्झौता भएर पनि एक वर्षमा १२ प्रतिशत मात्र भौतिक प्रगति देखिएको स्थानीयको आरोप छ।

नयाँ सम्झौता अनुसार तामाङ–रिजाल–भगवती जेभीले रु. २१ करोड ४९ लाखमा दुई वर्षभित्र बाँकी पूर्वाधार तथा कालोपत्र पूरा गर्ने जिम्मेवारी पाएको थियो।

तस्बिर :dhorpatannews

By निलुवा खबर

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.