मंगलबार नेपाली बजारमा सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। अघिल्लो दिनको तुलनामा आज प्रतितोला ४ हजार ९ सय रुपैयाँले सुन महँगो भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आजको लागि छापावाला सुनको मूल्य प्रतितोला २ लाख ४६ हजार ४ सय रुपैयाँ तोकिएको छ। अघिल्लो दिन यसैको मूल्य २ लाख ४१ हजार ५ सय रुपैयाँ थियो।
त्यस्तै चाँदीको मूल्य पनि बढेको छ। अघिल्लो दिन ३ हजार ६५ रुपैयाँ रहेको चाँदी मंगलबार ३ हजार १७० रुपैयाँ कायम गरिएको छ, जसअनुसार चाँदी तोलामा १०५ रुपैयाँले बढेको हो।
अन्तर्राष्ट्रिय बजारमा सुन–चाँदीको मूल्य फेरि उच्च दरमा उकालो लागेपछि यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा परेको महासंघले जनाएको छ।


