Niluwa Online Khabar

२०८३ जेष्ठ १६ गते
२०८३ जेष्ठ १६ गते

सभापति शेरबहादुर देउवा आज स्वदेश फर्किँदै

Advertisement

Advertisement

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज (शुक्रबार) बेलुकी सिंगापुरबाट स्वदेश फर्किँदै छन्। देउवाको स्वदेश फिर्तीबारे उनी निकट एक नेताले जानकारी दिएका छन्।

देउवा १० कात्तिकमा पत्नी डा. आरजु राणा देउवासँगै उपचारका लागि सिंगापुर गएका थिए। जेनजी आन्दोलनका क्रममा भएको सांघातिक आक्रमणमा घाइते भएपछि उनी दम्पती उपचारका लागि विदेशतिर लागेका थिए।

२४ भदौमा आक्रमणमा परेका देउवा दम्पती २८ असोजमा बसेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा सार्वजनिक भएका थिए। सोही बैठकमा सम्बोधन गर्दै सभापति देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी समेत सुम्पिएका थिए।

By निलुवा खबर

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.