Niluwa Online Khabar

२०८३ जेष्ठ १५ गते
२०८३ जेष्ठ १५ गते

बडिगाडको दाँगखोलामा अज्ञात पुरुषको शव फेला

Advertisement

Advertisement

बागलुङ । बागलुङ जिल्लाको बडिगाड गाउँपालिका–५ खौलारा स्थित दाँगखोलामा एक पुरुषको शव फेला परेको छ। स्थानीयवासीले खोलामा अनुहार डुबेको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

बडिगाड गाउँपालिकाका उपाध्यक्ष भिमशेन वनका अनुसार शवको पहिचान अहिलेसम्म खुलेको छैन। “शव खोलामा अनुहार डुबेको अवस्थामा थियो, निकालेर पहिचान प्रक्रियामा लगिएको छ,” उपाध्यक्ष वनले बताए।

शव गुल्मीका एक पुरुषको हुनसक्ने प्रारम्भिक आशंका भए पनि आधिकारिक रूपमा पुष्टि नभएको प्रहरीले जनाएको छ।

घटनास्थलमा प्रहरी चौकी खारबाट खटिएको टोलीले शव बाहिर निकालेर पहचानका लागि आवश्यक प्रक्रिया अघि बढाइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी बसन्त पाण्डेले जानकारी दिए।

By लालु प्रसाद गैरे

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.