Niluwa Online Khabar

२०८३ बैशाख ७ गते
२०८३ बैशाख ७ गते

बागलुङ–२ मा सर्वसम्मत प्रतिनिधि चयन, बागलुङ–१ मा सहमतिका लागि थप छलफल

Advertisement

Advertisement

बागलुङ — नेकपा एमालेको एघारौँ राष्ट्रिय महाधिवेशनका लागि बागलुङ क्षेत्र नं. २ बाट चार जना महाधिवेशन प्रतिनिधि सर्वसम्मत रूपमा चयन भएका छन्। निर्वाचन क्षेत्र समन्वय समिति क्षेत्र नं. २ ले बुधबार ग्वालीचौरमा आयोजना गरेको बैठकमा १३ जनाले दाबी प्रस्तुत गरेका थिए। आपसी छलफल र सहमतिपछि महिला, खुल्ला र युवा तीनै क्लस्टरबाट गरी ४ जना प्रतिनिधि एकमत भएका हुन्।

सर्वसम्मत भएका प्रतिनिधिहरु:  महिला तर्फ: करमती पुन मगर  खुल्ला तर्फ: भीम प्रसाद शेरचन ‘सुनिल’ खुल्ला तर्फ: टंक प्रसाद पौडेल  युवा तर्फ: दान बहादुर श्रीस  समितिका अनुसार दाबीहरुको तुलना, अनुभव र संगठनसँगको निरन्तर सक्रियताको आधारमा सहमति जुटेको हो।

क्षेत्र नं. १ मा सर्वसम्मत प्रयास जारी, ३९ जनाबाट ६ प्रतिनिधि छनोट प्रक्रिया अड्कियो

उता बागलुङ क्षेत्र नं. १ बाट प्रतिनिधित्व गर्ने ६ जना महाधिवेशन प्रतिनिधि चयनका लागि कुल ३९ जनाले दाबी पेस गरेका छन्। क्षेत्र नं. १ निर्वाचन क्षेत्र समन्वय समितिले बुधबार आयोजना गरेको बैठकमा खुल्ला, महिला र युवा तीनै तर्फका उम्मेदवारबीच दिनभर छलफल भए पनि सर्वसम्मत सहमति जुट्न नसकेको जिल्ला अध्यक्ष हिरा बहादुर केसीले जानकारी दिएका छन्।

अध्यक्ष केसीका अनुसार,
“दाबी पेस गरेका सबै उमेदवारबीच छुट्टाछुट्टै क्लस्टरमा छलफल भयो। सबै सकारात्मक देखिनुभएको छ। भोलि मंसिर १२ गतेसम्म सहमति खोज्दैछौं। सहमति नजुटेमा मंसिर १३ गते शनिबार निर्वाचन गर्ने तयारी छ,” उहाँले बताउनुभयो।

क्षेत्र नं. १ का क्लस्टरवार दाबी संख्या: खुल्ला तर्फ: ३ सिटका लागि २२ जना महिला तर्फ: २ सिटका लागि ७ जना युवा तर्फ: १ सिटका लागि १० जना सहमति जुटाउन आज पनि आन्तरिक छलफल जारी रहने बताइएको छ।

By लालु प्रसाद गैरे

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.