Niluwa Online Khabar

२०८३ बैशाख ७ गते
२०८३ बैशाख ७ गते

रवि लामिछाने र रास्वपासँग युवाको आकर्षण बढ्दो, सामाजिक सञ्जालमा समर्थन व्यक्त

Advertisement

Advertisement

बागलुङ — सामाजिक सञ्जालमार्फत रास्वपा नेता रवि लामिछाने र पार्टीका नेता टेक पुन मगरप्रति युवाहरूको समर्थन बढ्दै गएको देखिन्छ। फेसबुकमा एक प्रयोगकर्ताले हालै पोष्ट गर्दै भ्रष्टाचारविरुद्धको अभियान र नयाँ पुस्ताको राजनीति अघि बढाउन रास्वपाको भूमिकालाई उच्च प्रशंसा गरेका छन्।

पोष्टमा नेता रवि लामिछाने ‘भ्रष्टाचार अन्त्यका लागि जन्मेका व्यक्ति’ भएको उल्लेख गर्दै उनी वास्तविक परिवर्तनका वाहक भएको दाबी गरिएको छ। युवापुस्ता द्वारा ‘असली जेन्जी नेता’ भनेर सम्बोधन गरिएको लामिछानेको कामले देशमा पारदर्शिता र जवाफदेहिताको संस्कार स्थापित गर्न योगदान दिएको प्रयोगकर्ताको अभिमत छ।

यसैगरी नेता टेक पुन मगर को नेतृत्व शैली र पार्टीभित्रको भूमिकालाई पनि पोष्टमा सकारात्मक रुपमा प्रस्तुत गरिएको छ। रास्वपाले अघि सारिरहेको नयाँ सोच, नयाँ दिशा र नयाँ पुस्ताको राजनीतिलाई धेरै युवाले स्वागत गरिरहेको उल्लेख गरिएको छ।

पोष्टमा थप भनिएको छ, “परिवर्तनका लागि, भ्रष्टाचार अन्त्यका लागि र आशाको ज्योति बाल्न हामी एकजुट भएर अगाडि बढ्नुपर्छ। नयाँ नेपालको निर्माण हाम्रो हातमा छ।”

हाल देशभर रास्वपाको लोकप्रियता विशेषगरी सामाजिक सञ्जाल र युवापुस्तामाझ बढ्दो क्रम देखिएको छ। पार्टीले उठाउँदै आएको सुशासन, पारदर्शिता र नयाँ राजनीतिक संस्कृतिका कारण जनतामा बढी आकषर्ण देखिएको विश्लेषकहरूको भनाइ छ।

By लालु प्रसाद गैरे

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.