Niluwa Online Khabar

२०८३ जेष्ठ १४ गते
२०८३ जेष्ठ १४ गते

बागलुङको ताराखोलामा जेसीबीमाथि पहिरो खस्दा सह–चालकको मृत्यु

Advertisement

Advertisement

बागलुङ जिल्ला ताराखोला गाउँपालिका–५ कराचेमा रोकिएको जेसीबीमाथि पहिरो खस्दा एक जनाको मृत्यु भएको छ। आइतबार दिउँसो गण्डकी प्रदेश–०२–००१ क ०००२ नम्बरको जेसीबी निर्माण स्थलमा सफाइ कार्य गरिरहेकै अवस्थामा माथिल्लो भागबाट अचानक ढुङ्गासहितको पहिरो खसेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख तिलक भारतीका अनुसार पहिरोले जेसीबीमा ठूलो क्षति पुगेको छ भने रोल्पा घर भएका १९ वर्षीय सह–चालक विशाल पुनको घटनास्थलमै मृत्यु भएको पुष्टि गरिएको छ।

घटनास्थलमा थप उद्धार तथा अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ।

By निलुवा खबर

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.