Niluwa Online Khabar

२०८३ बैशाख २ गते
२०८३ बैशाख २ गते

रास्वपाको जिल्ला विस्तारित बैठक आज गलकोटमा सम्पन्न

Advertisement

Advertisement

विस्तारित बैठक गलकोटमा सम्पन्न भएको छ। बैठकमा आगामी निर्वाचनलाई केन्द्रमा राख्दै संगठन विस्तार, चुनावी रणनीति तथा एजेन्डालाई जनस्तरसम्म पुर्‍याउने विषयमा गहन छलफल गरिएको थियो।

बैठकलाई सम्बोधन गर्दै पार्टीका संगठन विभाग गण्डकी प्रदेश प्रमुख तथा केन्द्रीय सदस्य झबिलाल डुम्रेले नजिकिँदै गरेको चुनावी माहोलमा संगठनलाई थप मजबुत बनाउँदै पार्टीका नीति, कार्यक्रम र एजेन्डा सबै नागरिकसमक्ष स्पष्ट रूपमा पुर्‍याएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभयो।

सो अवसरमा गण्डकी प्रदेश उपसभापति मिना शर्मा आचार्य, बागलुङ जिल्ला उपसभापति ढालिन्द्र रायमाझी, संगठन विभाग प्रमुख तथा प्रदेश सदस्य खिमानन्द पौडेल र पार्टी सदस्य खिमानन्द कँडेलले शुभकामना मन्तव्य राख्दै पार्टीलाई जिल्लामा थप सशक्त बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

बैठकले संगठनात्मक निर्णयहरू समेत गरेको छ। जसअनुसार बागलुङ जिल्ला निर्वाचन क्षेत्र नम्बर १ को संयोजकमा रोशन कार्की र निर्वाचन क्षेत्र नम्बर २ को संयोजकमा ढालेन्द्र रायमाझीलाई जिम्मेवारी तोकिएको छ।

कार्यक्रम राष्ट्रिय स्वतन्त्र पार्टी बागलुङका जिल्ला सभापति महेन्द्र खड्काको अध्यक्षता, गलकोट नगर सभापति राजेन्द्र पुनको स्वागत मन्तव्य तथा जिल्ला सचिव बविन नेपालको सञ्चालनमा सम्पन्न भएको थियो।

By निलुवा खबर

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.