काठमाण्डौ – आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावका लागि निर्वाचन आयोगले ७० प्रतिशत तयारी सम्पन्न भएको जनाएको छ।
चुनावलाई लक्षित गरी सरकारका मन्त्रीहरूसँग भएको छलफलमा कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले तोकिएको समयमै चुनाव सम्पन्न गर्न आयोग सक्रिय रहेको बताउनुभयो। उहाँले निर्धारित प्रक्रिया पूरा गरी निष्पक्ष र विश्वसनीय चुनाव गराउनु आयोगको दायित्व रहेको उल्लेख गर्नुभयो।
छलफलका क्रममा चुनाव खर्च नियन्त्रणबारे उठेको जिज्ञासामा आयोगले मितव्ययी ढङ्गले खर्च गर्न विशेष ध्यान दिइरहेको जनाएको छ। राजनीतिक दल र उम्मेदवारले गर्ने खर्चमा कडाइका साथ सीमा तोकिने कार्यवाहक आयुक्त भण्डारीले स्पष्ट गर्नुभयो।
उम्मेदवारको खर्च सीमा निर्धारण गर्दा निर्वाचन क्षेत्रको भूगोल र मतदाताको सङ्ख्यालाई आधार बनाइने आयोगले जनाएको छ।


