Niluwa Online Khabar

२०८३ जेष्ठ १६ गते
२०८३ जेष्ठ १६ गते

राजनीतिक सहकार्य र सहिष्णुताको अपिल गर्दै रास्वपा नेता टेक पुन मगर

Advertisement

Advertisement

बागलुङ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता टेक पुन मगरले समसामयिक राजनीतिमा देखिँदै आएको कटुता, विभाजन र असहिष्णुताको अन्त्य गर्न सबै राजनीतिक दलका नेता–कार्यकर्ता र समर्थकहरूलाई संयमित, सभ्य र सहकार्यपूर्ण व्यवहार अपनाउन आग्रह गरेका छन्।

उनले फरक–फरक राजनीतिक विचार र पार्टीप्रति आस्था राख्नु स्वाभाविक भए पनि त्यसका आधारमा दुश्मनी सिर्जना गर्नु गलत भएको उल्लेख गरे। काँग्रेसका कार्यकर्तासँग खुला संवाद गर्नुपर्ने, एमालेका कार्यकर्तालाई सम्मानपूर्वक व्यवहार गर्नुपर्ने तथा कम्युनिस्ट धारका कार्यकर्तासँग हातेमालो गर्दै अघि बढ्नुपर्ने उनको धारणा छ। विचार फरक भए पनि उद्देश्य देश र जनताको हित हुनुपर्ने भन्दै उनले आपसी सम्मान नै स्वस्थ लोकतन्त्रको आधार भएको बताए।

नेता मगरले अहिलेको आवश्यकता पार्टी परिवर्तनभन्दा पनि सोच र निर्णय परिवर्तन भएको बताए। उनले कसैलाई पार्टी छाड्न दबाब नदिइ, केवल एकपटक मत परिवर्तन गरेर वैकल्पिक शक्तिलाई परीक्षण गर्न आग्रह गरे। यदि आफूहरूबाट पनि देशमा अपेक्षित सुधार र परिवर्तन हुन नसके जनताले कडा मूल्यांकन गर्ने अधिकार राख्ने भन्दै उनले आलोचना र विरोध स्वीकार गर्न तयार रहेको स्पष्ट पारे।

उनका अनुसार आगामी दिनमा विभिन्न राजनीतिक धारका नागरिक, युवा र सचेत समूहहरू क्रमशः एउटै अभियानमा जोडिँदै जानेछन्। पौष/माघभित्र थप समूहहरू सहकार्यमा आउने विश्वास व्यक्त गर्दै उनले अहिलेबाटै संवाद, सहकार्य र विश्वासको वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए।

नेता मगरको यो अपिलले राजनीतिक सहिष्णुता, आपसी समझदारी र वैकल्पिक राजनीतिप्रति जनविश्वास बढाउने सन्देश दिएको विश्लेषकहरूको भनाइ छ।

By निलुवा खबर

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.