Niluwa Online Khabar

२०८३ जेष्ठ १५ गते
२०८३ जेष्ठ १५ गते

धरौटी र बैंक ग्यारेन्टी पेश गरेपछि रवि लामिछाने रिहा हुने

Advertisement

Advertisement

रुपन्देही। उच्च अदालत बुटवल इजलासले बिहीबार रवि लामिछानेलाई बिगो र धरौटी बापतको बैंक ग्यारेन्टी पेश गरेमा थुनामुक्त गर्न आदेश दिएको छ। आदेशअनुसार बैंक ग्यारेन्टी बुझाएपछि उनी थुनामुक्त हुनेछन्।

जिल्ला अदालत रुपन्देहीका एक अधिकृतका अनुसार, लामिछानेलाई थुनामुक्त गर्न केही प्रक्रिया पूरा गर्नुपर्नेछ। पहिलो चरणमा उच्च अदालत बुटवलको आदेश जिल्ला अदालत रुपन्देहीमा पुग्नुपर्छ। कार्यालय समय सकिएकाले उक्त आदेश शुक्रबार मात्रै जिल्ला अदालतमा पुग्ने जनाइएको छ।

त्यसपछि जिल्ला अदालतले लामिछानेले बुझाउने बिगो बापतको दामासाही रकम र धरौटीको बैंक ग्यारेन्टीको रुजु गर्नेछ। रुजु सम्पन्न भएपछि अदालतले कारागार प्रशासनलाई चिठी लेखी उनलाई अदालतमा उपस्थित गराउन निर्देशन दिनेछ।

कारागार प्रशासनले चिठी पाएपछि रवि लामिछानेलाई जिल्ला अदालत रुपन्देहीमा बुझाउनेछ। अदालतमा उपस्थित भई उनले पछि अन्तिम फैसलामा ठहरेबमोजिम बिगो र जरिवाना बुझाउन मञ्जुर रहेको व्यहोराको कागजमा हस्ताक्षर गर्नेछन्।

उक्त कागजमा हस्ताक्षर गरेपछि उनी तारिख लिएर कारागारमुक्त हुने जिल्ला अदालत स्रोतले जनाएको छ।

By निलुवा खबर

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.