Niluwa Online Khabar

२०८३ जेष्ठ १६ गते
२०८३ जेष्ठ १६ गते

राष्ट्रपति पौडेलद्वारा चुनावसम्बन्धी अध्यादेश जारी

Advertisement

Advertisement

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले चुनावसम्बन्धी अध्यादेश जारी गर्नुभएको छ। संविधानको धारा १९४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२ जारी गर्नुभएको हो।

हिजो बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचनसम्बन्धी कानुनी व्यवस्था संशोधन गर्न आवश्यक ठहर गर्दै अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो। सोही सिफारिसअनुसार राष्ट्रपति पौडेलले अध्यादेश जारी गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ।

अध्यादेशमार्फत प्रतिनिधिसभा सदस्य निर्वाचनसँग सम्बन्धित केही प्रावधानमा संशोधन गरिएको बताइएको छ।

By निलुवा खबर

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.