Niluwa Online Khabar

२०८३ जेष्ठ १६ गते
२०८३ जेष्ठ १६ गते

प्रवासमा राष्ट्रियताको अनुभुव

Advertisement

Advertisement

उसले मलाई “तिमी कहाँबाट हौ ?” भनेर सोध्यो ।
मैले उसलाई उत्तर दिएँ कि म नेपालबाट आएको हुँ ।
ऊ मेरो भाषा, मेरो देश, मेरो संस्कृति र मेरा
गीत–संगीतका बारेमा अलमलमा प¥यो ।

त्यसपछि मैले उसलाई फेरि भनें—
म नेपालबाट हुँ, म एक नेपाली हँु ।
म बुद्धको जन्मभूमिबाट आएको हँु ।
म शान्तिको भूमिबाट आएको हँु ।

फेरि मैले उसलाई भनें—
म एक नेपाली हुँ ।
म सम्पूर्ण नारीहरूको आदर्श देवी
सीताको भूमिबाट आएको हुँ ।
म कला र वास्तुकलाको भूमिबाट आएको हुँ—
अरनिकोको, प्यागोडा शैलीको देशबाट आएको हुँ,
जसको प्रभाव सम्पूर्ण एशियामा फैलिएको छ ।

फेरि मैले उसलाई भनें—
म केवल नेपाली मात्र होइन,
म पवित्रताको भूमिबाट आएको हुँ,
म प्रगतिशीलताको भूमिबाट आएको हुँ ।

त्यसपछि उसले मलाई फेरि केही सोधेन ।
मलाई आशा थियो कि उसल
े मेरो भावनाको अर्थ बुझ्यो ।
त्यसपछि कसैले पनि मेरो राष्ट्रियता सोधेन ।

अन्त्यमा मैले सबैलाई भनें—
म नेपालबाट हुँ ।
म केवल “एक” नेपाली होइन,
म नै नेपाली हुँ,
र हामी नै नेपाली हो ।
र म सधैं नेपाली नै हुँ ।
र हामी नै सधैं नेपाली हो ।

अर्थ मैले बुझाउन सके वा सकिन
त्यो मैले नै बुझिन तर मैले
त्यो आवेगमा जे बोले,
मनका पीडा जे खोले,
देश सायद प्यारो लाग्छ होला ।
प्रवासीका मनका पीडा कसले देख्छ होला ।।
त्यसैले
जहाँ हुनुहुन्छ नेपाली हुनुस् ।
शिर उठाएर नेपाली हुनुस् ।
गौरवशाली नेपाली हुनुस् ।

सदा र्सवदा नेपाली हुनुस् ।।

धन्यवाद ।
लाल बहादुर नेपाली

By निलुवा खबर

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.