काठमाडौँ, ६ पुस ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज प्रधानमन्त्री सुशिला कार्कि सँग भेटघाट गर्ने हुनुभएको छ। अदालतको आदेशपछि थुनामुक्त भएर काठमाडौँ फर्किएका लामिछाने केहीबेरपछि प्रधानमन्त्रीलाई भेट्न सरकारी निवास बालुवाटार जान लाग्नुभएको हो।
निकट स्रोतका अनुसार, लामिछाने र प्रधानमन्त्री कार्कि बिच भेटघाट साँझ साढे ६ बजेका लागि तय गरिएको छ। सहकारी ठगी र सङ्गठित अपराधको अनुसन्धानका क्रममा भैरहवा कारागारमा रहेका लामिछाने उच्च अदालतको आदेशपछि धरौटीमा रिहा हुनुभएको थियो।
काठमाडौँमा भव्य स्वागत
हिजो (शनिबार) काठमाडौँ विमानस्थल उत्रिएका लामिछानेलाई रास्वपाका नेता तथा कार्यकर्ताहरूले भव्य स्वागत गरेका थिए। आज बिहान वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालय ‘घण्टी घर’ पुग्दा उहाँलाई बाजागाजासहित स्वागत गरिएको थियो।


