Niluwa Online Khabar

२०८३ जेष्ठ १७ गते
२०८३ जेष्ठ १७ गते

कक्षा १२ को ०८३ सालको वार्षिक परीक्षाका लागि परीक्षा फाराम खुला

Advertisement

Advertisement

राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२)ले ०८३ सालमा सञ्चालन हुने कक्षा १२ को वार्षिक परीक्षाका लागि परीक्षा फाराम खुला गरेको छ।
बोर्डले जारी गरेको सूचनाअनुसार नियमित विद्यार्थीका साथै आंशिकतर्फका केही परीक्षार्थीहरूका लागि पनि फाराम भर्न सकिने व्यवस्था गरिएको हो। आंशिकतर्फ भने रजिस्ट्रेसन नम्बरको सुरुका दुई अंक ७९ (अन्तिम अवसर), ८० र ८१ भएका विद्यार्थीहरू मात्र सहभागी हुन पाउनेछन्।
वार्षिक परीक्षा कार्यतालिकाअनुसार विद्यार्थीहरूले पुस मसान्तभित्र परीक्षा शुल्क बुझाइसक्नुपर्नेछ। तोकिएको समयभित्र फाराम भर्न नसकेका विद्यार्थीहरूले विलम्ब शुल्कसहित माघ १५ गतेसम्म फाराम भर्न पाउने व्यवस्था गरिएको बोर्डले जनाएको छ।
त्यस्तै, विद्यालयहरूले शुल्क बुझाएको प्रमाणसहित सबै विद्यार्थीको परीक्षा फाराम माघ २५ गतेभित्र बोर्डमा बुझाइसक्नुपर्नेछ।
बोर्डले परीक्षा फाराम भर्दा समयसीमा र प्रक्रिया पालना गर्न विद्यार्थी तथा विद्यालय प्रशासनलाई आग्रह गरेको छ।

By निलुवा खबर

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.