दिपक सुबेदी बिप्लब ✍️
निलुवा समाज जापानको छैठौ अधिवेशन डिसेम्बर 31 मा टोकियोमा हुने
निलुवा समाज जापानको छैठौ अधिवेशन2025 डिसेम्बर31 मा टोकियोमा हुने हुने भएको छ ।
बागलुङ जिल्ला गलकोटको ‘सुन्दर निलुवा हाम्रो सान, पूर्वाधार विकासमा हामी सबैको अभियान’ भन्ने मूल नाराका साथ गठित २०१५ सालमा स्थापना भएको समाज जापानको छैठौ अधिवेशन टोकियोको Asian dining bar jeevanमा डिसेम्बर31 तारीक साझ पाच बजे देखी हुने भएको छ
बागलुङ जिल्लाको गल्कोट नगरपालिका- ४ चमुवाबाट जापानलाई कर्मथलो बनाउदै विभिन्न पेशा व्यवसाय तथा रोजगारीमा संलग्न भएकाहरुको साझा संस्थाको रूपमा रहेको परिचित समाजले सामाजिक सेवाका विभिन्न कार्यहरु गर्दै आएको छ ।
समाजको छैठौ अधिवेशन सम्पन्न गर्नका लागि आवश्यक जिम्मेवारी बाँडफाँडका साथ कार्य भइरहेको अधिवेशनबाट आगामी कार्यकाल 2025-2027 को लागि नेतृत्व चयन समेत हुने भएकोले संस्थाका संरक्षक भोजिन्द्र सुवेदीको संयोजकत्वमा थमन क्षेत्री,र दिपक सिबेदी बिप्लब निर्वाचन समिति र अधिवेशनलाई आवश्यक तयारी गर्नका लागि वर्तमान कार्यसमिति मूल आयोजक समिति रहने गरि अधिबेसन भब्य रुपमा सफल बनाउन तयारी भईरहेका सस्थाका अध्यक्ष मोहन सुबेदी ले बताय ।
नया कार्यसमिति चयनका लागि सबैको अपनत्व हुने गरि सामाजिक क्षेत्रको मर्म र भावना अनुसार संस्थाको गरिमालाई निरन्तरता दिने सक्षम नेतृत्व चयन गर्न आवश्यक तयारी गरिएको निर्वाचन समिति संयोजक भोजिन्द्र सुबेदीले बताए ।
अधिवेशन बेलुका ५बजेदेखि नेपाली रेस्टुरेन्ट Asian dining bar jeevanमा 〒131-0033 Tokyo, Sumida City, Mukojima, 5 Chome−50−13 小西荘 03 -36167322
हुने भएको हुनाले गल्कोट नगरपालीका 4 चमुवा बाग्लुङ बाट कर्मथलो जापान बनाउनुभयका सम्पुर्णलाई उपस्थित हुनका लागि समाजले अनुरोध गरेको प्रबक्ता राज सर्मा बताए


