Niluwa Online Khabar

२०८३ जेष्ठ १७ गते
२०८३ जेष्ठ १७ गते

त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त आज, १६ हजारभन्दा बढी विद्यार्थी दीक्षित हुँदै

Advertisement

Advertisement

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आज ५१औँ दीक्षान्त समारोह आयोजना गर्दैछ। विश्वविद्यालयको इतिहासमा पहिलोपटक नोबेल पुरस्कार विजेतालाई प्रमुख अतिथिका रूपमा सहभागी गराएर दीक्षान्त समारोह गर्न लागिएको हो।
यसपटकको दीक्षान्त समारोहका प्रमुख अतिथि सन् २०१५ मा भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार प्राप्त जापानी वैज्ञानिक तथा टोकियो विश्वविद्यालयका प्राध्यापक ताकाआकी काजिता रहनेछन्।
त्रिविका उपकुलपति प्रा. डा. दीपक अर्यालका अनुसार दीक्षान्त समारोहका सबै तयारी पूरा भइसकेका छन्। दीक्षान्त स्थलमा मञ्च निर्माणदेखि विद्यार्थी तथा अभिभावकका लागि बसाइको व्यवस्था समेत अन्तिम चरणमा पुगेको उनले जानकारी दिए।

समारोहमार्फत १६ हजार ३८० जना विद्यार्थी औपचारिक रूपमा दीक्षित हुँदैछन्। दीक्षान्त कार्यक्रममा विद्यार्थी, अभिभावक र अतिथिसहित करिब ४१ हजार जनाको सहभागिता रहने अनुमान गरिएको छ।
त्रिविबाट यस वर्ष स्नातक, स्नातकोत्तर, दर्शनाचार्य र विद्यावारिधि तह गरी कुल ८९ हजार १९१ विद्यार्थी उत्तीर्ण भएका छन्। तीमध्ये दीक्षान्त समारोहमा सहभागी हुन चाहने विद्यार्थीहरूले आवेदन दिएका हुन्।
दीक्षान्त समारोहका अवसरमा विभिन्न संकाय तथा तहमा उत्कृष्ट नतिजा हासिल गर्ने ११ जना छात्रा र १४ जना छात्रलाई पदकद्वारा सम्मान गरिने कार्यक्रम छ।
यस वर्ष त्रिविबाट मानविकी संकायमा १४ हजार ८५१, व्यवस्थापन संकायमा ४३ हजार ६१०, कानुन संकायमा २ हजार ३३५ तथा शिक्षातर्फ १६ हजार ४६७ विद्यार्थी उत्तीर्ण भएका छन्।

By निलुवा खबर

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.