Niluwa Online Khabar

२०८३ जेष्ठ १४ गते
२०८३ जेष्ठ १४ गते

प्रतिनिधिसभा चुनावका लागि १ करोड ८९ लाखभन्दा बढी योग्य मतदाता

Advertisement

Advertisement

काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि देशभर १ करोड ८९ लाख ३ हजार ६ सय ८९ जना योग्य मतदाता कायम भएका छन्।
निर्वाचन आयोगका अनुसार फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा गरेका मतदातामध्ये ९६ लाख ६३ हजार ३ सय ५८ जना पुरुष, ९२ लाख ४० हजार १ सय ३१ जना महिला तथा २ सय जना अन्य मतदाता रहेका छन्।
मतदाता नामावलीमा देखिएका त्रुटि सच्याएर आयोगले अन्तिम मतदाता संख्या सार्वजनिक गरेको हो। आयोगका अनुसार फागुन २१ गते हुने निर्वाचनमा फागुन २० गतेसम्म १८ वर्ष पूरा गरेका नागरिकले मतदान गर्न पाउनेछन्।

चुनाव घोषणा भएपछि मतदाता नामावली संकलन गर्न नपाइने कानुनी व्यवस्था भए पनि यसपटक अचानक निर्वाचन घोषणा भएकाले अध्यादेशमार्फत कानुन संशोधन गरी नामावली संकलन गरिएको थियो।
यसैबीच, सरकारले राष्ट्रिय परिचयपत्रका आधारमा पनि मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने व्यवस्था गरेपछि नयाँ मतदाता दर्ताको संख्या उत्साहजनक रूपमा बढेको निर्वाचन आयोगले जनाएको छ।

By निलुवा खबर

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.