बाग्लुङ । आज मिति २०८२ पौष १३ गते बिहान ४:१५ बजे देशभर एकैसाथ ठूलो आवाजमा घण्टी बजेको अनुभूति भएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकहरूमा उत्साह र भावनात्मक प्रतिक्रिया देखिएको छ। यसलाई समर्थकहरूले देश परिवर्तनको संकेतस्वरूप “निलो क्रान्ति” को सुरुवातका रूपमा व्याख्या गरेका छन्।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रति आभार प्रकट गर्दै रास्वपाका नेता तथा कार्यकर्ताहरूले सामाजिक सञ्जालमार्फत समर्थन जनाएका छन्। उनीहरूले बालेन शाहलाई देशका लागि निडर रूपमा उभिएको व्यक्तित्वको रूपमा चित्रण गर्दै निलो क्रान्तिमा समाहित भएकोमा हार्दिक धन्यवाद व्यक्त गरेका छन्।
यसैक्रममा गण्डकी प्रदेश, बाग्लुङ जिल्लाका आदिवासी जनजाति समानुपातिक उम्मेदवार टेक बहादुर पुनले भावनात्मक प्रतिक्रिया व्यक्त गर्दै सभापति रवि लामिछानेलाई “साँचिकै महान र त्यागी नेता” भएको पुनः प्रमाणित गरेको बताएका छन्। उनले आफू रास्वपाको एक इमानदार सिपाही भएको हैसियतले गर्व महसुस गरेको उल्लेख गर्दै, देश परिवर्तनको यात्रामा पार्टीप्रति प्रतिबद्धता अझ बलियो बनेको बताएका छन्।
उनको भनाइमा, “रवि लामिछानेको नेतृत्वले मेरो छाती गर्वले चौडा भएको छ र हर्षले आँखा रसाएका छन्,” भन्ने भावनाले रास्वपाभित्रको आत्मविश्वास र एकतालाई प्रतिबिम्बित गर्छ।
देशभर फैलिएको यो प्रतीकात्मक घण्टीको आवाजले रास्वपाको ‘घण्टी’ चिन्ह र निलो क्रान्ति प्रति जनस्तरमा बढ्दो आकर्षण र समर्थन झल्काएको राजनीतिक विश्लेषकहरूको भनाइ छ।
जय रास्वपा, जय घण्टी। 🔔


