बाग्लुङ।
आदिवासी जनजाति क्लस्टर अन्तर्गत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार टेक बहादुर पुन (मगर) ले आज मिति २०८२ साल पौष १४ गते बिहान १० बजे मतदानको समय सकिएको जानकारी गराउँदै मतदानमा सहभागी सबैप्रति आभार व्यक्त गर्नुभएको छ।
उम्मेदवार पुनले देश तथा विदेशबाट मतदान गर्नुहुने, साथै सामाजिक सञ्जालमार्फत लाइक, कमेन्ट र सेयर गरी सहयोग पुर्याउनुहुने सम्पूर्ण न्यायप्रेमी आमा, बाबु, दाजुभाइ तथा दिदीबहिनीहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्नुभएको हो। उहाँले सबैको साथ, विश्वास र हौसलाले आफूलाई थप ऊर्जा मिलेको बताउनुभयो।
विशेषगरी प्रारम्भिक उम्मेदवार चयनका क्रममा बाग्लुङ जिल्लाबाट सर्वसम्मत रूपमा एकल उम्मेदवार बनाउने साहसिक निर्णय गर्ने पार्टी नेतृत्वप्रति उहाँले विशेष कृतज्ञता प्रकट गर्नुभएको छ। धन्यवाद ज्ञापनमा जिल्ला सभापति महेन्द्र खड्का, उपसभापति ढालेन्द्र रायमाझी, सचिव बबिन नेपाल, सह–सचिव नारायण दत्त शर्मा, गण्डकी प्रदेश संगठन विभाग सदस्य तथा जिल्ला सचिवालय प्रमुख खिमानन्द पौडेल, कोषाध्यक्ष डुकु मल्ल, क्षेत्रीय सभापति बालकृष्ण शर्मा लगायत सम्पूर्ण जिल्ला कार्यसमिति सदस्यहरूको योगदानको प्रशंसा गरिएको छ।
यसैगरी, बाग्लुङका चारै नगरपालिकाका नगर प्रमुख तथा छवटै गाउँपालिकाका प्रमुखहरूलाई समेत धन्यवाद दिइएको छ।
उम्मेदवार पुनले प्रतिस्पर्धामा हार–जित स्वाभाविक हुने उल्लेख गर्दै मतदाताको अमूल्य मत र आशिर्वाद कहिल्यै खेर नजाने विश्वास व्यक्त गर्नुभएको छ। उहाँ हाल रास्वपा बाग्लुङ जिल्ला कार्यसमिति सदस्यसमेत हुनुहुन्छ।


