Niluwa Online Khabar

२०८३ जेष्ठ १५ गते
२०८३ जेष्ठ १५ गते

गीत–संगीतबाट राजनीति: प्रकाश सपुतको नयाँ यात्रा

Advertisement

Advertisement

बागलुङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कलाकार प्रकाश सपुतलाई समानुपातिकतर्फको उम्मेदवार बनाएको छ। निर्वाचन आयोगमा सोमबार बुझाइएको बन्दसूचीमा सपुतको नाम दलित समूहअन्तर्गत समावेश गरिएको छ।
बागलुङको काठेखोला गाउँपालिका–३ धम्जामा जन्मिएका सपुत नेपाली गीत–संगीत तथा चलचित्र क्षेत्रमा आफ्नो अलग पहिचान बनाउन सफल कलाकार हुन्। सामाजिक यथार्थ, पीडा र परिवर्तनका विषयलाई कलामार्फत प्रस्तुत गर्दै आएका सपुतको राजनीतिक प्रवेशले गृह जिल्ला बागलुङमा विशेष चासो पैदा गरेको छ।
रास्वपाले पत्रकार, सामाजिक अभियन्ता तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरू गरी कुल ११० जनाको नाम समानुपातिक सूचीमा समेटेर निर्वाचन आयोगमा पेस गरेको जनाएको छ। राजनीतिभन्दा बाहिर रहेर पनि समाजमा योगदान दिएका व्यक्तिलाई नीति निर्माण तहमा पुर्‍याउने उद्देश्यअनुसार सपुतलाई उम्मेदवार बनाइएको पार्टीको बुझाइ छ।
२०६२/०६३ को जनआन्दोलनपछि स्थापित समावेशी लोकतन्त्रको अभ्यासअनुसार संसदमा विविध क्षेत्रको प्रतिनिधित्व आवश्यक रहेको बहस निरन्तर चल्दै आएको छ। यसै सन्दर्भमा कलाकार क्षेत्रबाट प्रकाश सपुतको उम्मेदवारीलाई फरक र अर्थपूर्ण रूपमा हेरिएको छ।
सपुतको उम्मेदवारीसँगै बागलुङमा राजनीतिक बहस थप सक्रिय बनेको छ भने विशेषगरी युवा पुस्तामा नयाँ आशा र उत्सुकता देखिएको छ।

By निलुवा खबर

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.