Niluwa Online Khabar

२०८३ जेष्ठ १६ गते
२०८३ जेष्ठ १६ गते

भद्रपुर विमानस्थलमा बुद्ध एयरको जहाज धावनमार्गबाट चिप्लियो, ५१ यात्रु सकुशल

Advertisement

Advertisement

भद्रपुर, झापा । झापास्थित भद्रपुर विमानस्थलमा शुक्रबार राति बुद्ध एयरको एटीआर–७२ जहाज अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएर बाहिर पुगेको छ। काठमाडौंबाट भद्रपुरका लागि उडेको बुद्ध एयरको उडान नम्बर ९०१ अवतरणपछि ओभर रन भई रन–वे छेउको घाँसे क्षेत्रमा पुगेको हो।
राति करिब ८ः२० बजे भएको घटनामा जहाजमा आंशिक क्षति पुगेको प्रारम्भिक जानकारी आएको छ। यद्यपि जहाजमा सवार ५१ जना यात्रु तथा चालक दलका सबै सदस्य सुरक्षित रहेको झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिएका छन्।
भद्रपुर विमानस्थलका प्रमुख किशोरकुमार खत्रीका अनुसार जहाज धावनमार्गको अन्तिम विन्दु पार गरी करिब १५० मिटर अगाडि पुगेको थियो। जहाज पानी बग्ने कुलेसोमा पुगेपछि रोकिएको उनको भनाइ छ।
नागरिक उड्डयन प्राधिकरणले प्रारम्भिक रूपमा मौसमका कारण जहाज चिप्लिन पुगेको हुन सक्ने जनाएको छ। बुद्ध एयरका निर्देशक रुपेश जोशीले पनि जहाज हिलोमा परेर चिप्लिएको प्रारम्भिक विवरण प्राप्त भएको बताए।
घटनापछि यात्रुहरूलाई सुरक्षित रूपमा जहाजबाट ओरालिएको र लगेज निकाल्ने कार्य भइरहेको विमानस्थल प्रशासनले जनाएको छ। जहाजमा कति क्षति पुगेको छ भन्ने विषयमा प्राविधिक टोलीले विस्तृत अध्ययन गर्नेछ। अध्ययन प्रतिवेदनपछि मात्रै शनिबारका उडानहरू सञ्चालन हुने वा नहुने निर्णय गरिने जनाइएको छ।

By लालु प्रसाद गैरे

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.