Niluwa Online Khabar

२०८३ जेष्ठ १५ गते
२०८३ जेष्ठ १५ गते

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै

Advertisement

Advertisement

काठमाडौं । आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । आधुनिक नेपालको एकीकरणकर्ता पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

वि.सं. १७७९ सालमा जन्मिनुभएका पृथ्वीनारायण शाहको आज ३०४औँ जन्मजयन्ती हो । उहाँले आधुनिक नेपालको एकीकरणमा पुर्‍याउनुभएको योगदानको स्मरण गर्दै राजधानीस्थित सिंहदरबारको पश्चिम ढोकाअगाडि रहेको उहाँको सालिकमा पुष्पमाला अर्पण गरी सम्मान व्यक्त गरिएको छ ।
पृथ्वी जयन्तीको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले चियापान समारोहको आयोजना गरेको छ । यस्तै, पृथ्वीनारायण शाहको जन्मस्थान गोरखामा हरेक वर्षझैँ यस वर्ष पनि विशेष कार्यक्रमको आयोजना गरिएको छ ।

नेपाली सेनाले पनि पृथ्वी जयन्तीका अवसरमा सैनिक मुख्यालय जङ्गीअड्डामा रहेको पूर्णकदको सालिकमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरेको छ ।
वि.सं. १८३१ सालमा ५२ वर्षको उमेरमा पृथ्वीनारायण शाहको निधन भएको थियो । उहाँले आफ्नो शासनकालमा दिएका ‘घुस लिने र दिने दुवै राष्ट्रका शत्रु हुन्’ लगायतका दिव्य उपदेश आज पनि उत्तिकै सान्दर्भिक मानिन्छन् ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीनारायण शाहका दिव्य उपदेश राष्ट्रियता, आत्मनिर्भर तथा स्वावलम्बी अर्थतन्त्र र सन्तुलित परराष्ट्र नीतिका सन्दर्भमा आज पनि महत्वपूर्ण रहेको बताउनुभएको छ । यसैबीच, पूर्व राजा ज्ञानेन्द्र शाहले सन्देश जारी गर्दै देश अहिले सङ्कटको अवस्थामा रहेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ ।

By निलुवा खबर

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.