Niluwa Online Khabar

२०८३ जेष्ठ १५ गते
२०८३ जेष्ठ १५ गते

पश्चिम बङ्गालमा निपाह भाइरस देखिएपछि नेपाल सतर्क, स्वास्थ्य निकायलाई निगरानी कडा गर्न निर्देशन

Advertisement

Advertisement

काठमाण्डौ – छिमेकी देश भारतको पश्चिम बङ्गालमा निपाह भाइरसको संक्रमण देखिएको खबरपछि नेपालमा पनि सतर्कता अपनाउन स्वास्थ्य निकायलाई निर्देशन दिइएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सम्भावित जोखिमलाई ध्यानमा राख्दै आवश्यक तयारी र निगरानी बढाउन आग्रह गरेको हो।
पश्चिम बङ्गालस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेज (एम्स) मा गरिएको प्रयोगशाला परीक्षणका क्रममा कम्तीमा दुई जना व्यक्तिमा निपाह भाइरसको शङ्कास्पद संक्रमण भेटिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। यस घटनापछि सीमावर्ती क्षेत्र हुँदै नेपालमा पनि संक्रमण फैलिन सक्ने सम्भावनालाई ध्यानमा राख्दै सतर्कता बढाइएको हो।
स्वास्थ्य विज्ञहरूका अनुसार निपाह भाइरस अन्य सामान्य श्वासप्रश्वाससम्बन्धी भाइरसको तुलनामा अत्यन्तै प्राणघातक मानिन्छ। यो भाइरस मुख्यतः चमेरा र सुँगुरबाट मानिसमा सर्ने गर्दछ भने संक्रमित जनावरको मासु सेवन गर्दा पनि संक्रमण फैलिन सक्ने जोखिम रहन्छ।
निपाह भाइरस पहिलो पटक सन् १९९९ मा मलेसियामा पहिचान गरिएको थियो। त्यसपछि मलेसिया र सिङ्गापुरमा संक्रमित सुँगुरको सम्पर्कमा आएका मानिसमा श्वासप्रश्वास तथा मस्तिष्क सुन्निने जस्ता गम्भीर समस्या देखिएको थियो।
अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) का अनुसार हालसम्म विश्वभर झन्डै तीन सय जनामा निपाह भाइरसको संक्रमण पुष्टि भइसकेको छ, जसमध्ये करिब एक सय जनाले ज्यान गुमाइसकेका छन्। हालसम्म यस रोगको निश्चित उपचार पद्धति विकास भइसकेको छैन। लक्षणका आधारमा मात्रै उपचार गरिँदै आएको स्वास्थ्यकर्मीहरूले बताएका छन्।
निपाह भाइरसको सङ्क्रमण अवधि चारदेखि १४ दिनसम्म रहने बताइन्छ। यस अवधिमा ज्वरो आउने, टाउको दुख्ने, श्वासप्रश्वासमा समस्या तथा स्नायुसम्बन्धी जटिलता देखिन सक्ने भएकाले यस्ता लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ।

By निलुवा खबर

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.