Niluwa Online Khabar

२०८३ जेष्ठ १४ गते
२०८३ जेष्ठ १४ गते

ई. खिमानन्द कंडेलप्रति बागलुङ–१ मा समर्थन बढ्दै

Advertisement

Advertisement

बागलुङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागलुङ क्षेत्र नम्बर ०१ मा आगामी निर्वाचनका लागि उम्मेदवार चयन प्रक्रिया तीव्र बन्दै गएको छ। यसैबीच स्वच्छ छवि, स्पष्ट वक्तृत्व क्षमता र प्राविधिक पृष्ठभूमि भएका वरिष्ठ इन्जिनियर खिमानन्द कंडेललाई साझा उम्मेदवार बनाउनुपर्ने माग उठ्न थालेको छ।
पार्टीभित्र धेरै आकांक्षीहरू मैदानमा रहे पनि यसपटक आपसी समझदारीका आधारमा कंडेललाई नै उम्मेदवार बनाइनु उपयुक्त हुने धारणा पार्टी समर्थक तथा स्थानीयस्तरबाट व्यक्त हुन थालेको हो। उनी छिटो र तथ्यमा आधारित प्रतिवाद गर्न सक्ने, गलत प्रवृत्तिविरुद्ध स्पष्ट रूपमा उभिन सक्ने तथा सार्वजनिक जीवनमा स्वच्छ छवि बनाएका व्यक्तित्वका रूपमा चिनिँदै आएका छन्।
समर्थकहरूका अनुसार बागलुङको माटोबाट उठेका कंडेलले प्राविधिक दक्षता र नैतिक नेतृत्वको उदाहरण प्रस्तुत गर्न सक्ने विश्वास गरिएको छ। उनीप्रति स्थानीय तहमा सकारात्मक अपेक्षा बढ्दै गएको बताइन्छ।
रास्वपा बागलुङ–१ मा उम्मेदवार छनोटबारे औपचारिक निर्णय आउन बाँकी रहेको छ। तर साझा उम्मेदवारको अवधारणाले पार्टीभित्र एकता र सशक्त प्रतिस्पर्धाको सन्देश दिने अपेक्षा गरिएको छ।

By निलुवा खबर

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.