Niluwa Online Khabar

२०८३ बैशाख २ गते
२०८३ बैशाख २ गते

राष्ट्रिय स्वतन्त्र पार्टी बागलुङ–२ मा उम्मेदवारीबारे बाबिन खत्रीको प्रतिक्रिया

Advertisement

Advertisement

बागलुङ: राष्ट्रिय स्वतन्त्र पार्टी बागलुङ जिल्ला सचिव बबिन खत्रीले क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवारीबारे आफ्नो धारणा सार्वजनिक गरेका छन्।
खत्रीले बताएअनुसार, जिल्ला समिति र क्षेत्र नं. २ बाट उनलाई एकलरूपमा सर्वसम्मत सिफारिस प्राप्त भए पनि अन्तिम उम्मेदवारी अन्य उम्मेदवारमा टुङ्गिएको छ। उनले यस निर्णयलाई व्यक्तिगत विषयको रूपमा नलिनु र पार्टीको दीर्घकालीन लक्ष्य, वैचारिक मूल्य र संगठनात्मक जिम्मेवारीमा जोड दिनु महत्वपूर्ण भएको बताए।
उनले आफ्नो उम्मेदवारी व्यक्तिगत महत्वाकांक्षा नभई स्थानीय नेतृत्व, वैचारिक स्पष्टता र क्षेत्रीय प्रतिनिधित्व सुनिश्चित गर्नको लागि रहेको उल्लेख गर्दै, पार्टीले अघि सारेका उम्मेदवारलाई पूर्ण समर्थन गर्ने पनि स्पष्ट पारेका छन्।
खत्रीले भने, “राजनीति पद वा टिकटको विषयभन्दा बढी संगठन निर्माण, नेतृत्व उत्पादन र दीर्घकालीन सामाजिक परिवर्तनसँग सम्बन्धित हुन्छ। हामी बागलुङ–२ मा सकारात्मक राजनीतिक परिवर्तनको उदाहरण बनाउने उद्देश्यमा एकसाथ काम गर्नेछौँ।”

By निलुवा खबर

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.