Niluwa Online Khabar

२०८३ जेष्ठ १५ गते
२०८३ जेष्ठ १५ गते

२४ घण्टामै दुई पार्टी : राजेन्द्र शर्माको राजनीतिक तमासा

Advertisement

Advertisement

बागलुङ ।
राजनीतिक सिद्धान्त र नैतिकताको खुलेआम खिल्ली उडाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का स्थानीय नेता राजेन्द्र शर्माले २४ घण्टाभित्रै दुई पार्टी बदल्दै बागलुङको राजनीति नै मजाक बनेको छ। टिकट नपाएको झोकमा सोमबार काठमाडौँ पुगेर उज्यालो नेपाल पार्टीको टिकट बोकेर फर्किएका शर्मा, एक दिन पनि नबित्दै फेरि रास्वपाको झण्डा बोकेर उम्मेदवारी दर्ता गर्न पुगेका छन्।
सोमबार सामाजिक सञ्जालमार्फत रास्वपा परित्यागको घोषणा गरेका शर्मा मंगलबार बिहान १० बजेसम्म उज्यालो पार्टीको लोगो लगाएर बागलुङ बजारमा भोट माग्दै हिँडिरहेका थिए। तर अचानक दृश्य बदलियो—उही व्यक्ति केही घण्टामै रास्वपाको झण्डा बोकेर मुख्य निर्वाचन अधिकृतको कार्यालयमा देखिए। यस घटनाले मतदाता मात्रै होइन, पार्टी कार्यकर्ता नै अन्योलमा परेका छन्।
रास्वपाको जैमिनी नगर सभापतिसमेत रहेका शर्माले बागलुङ–१ बाट टिकटको दाबी गरेका थिए। तर पार्टीले सुशील खड्कालाई उम्मेदवार बनाएपछि उनी असन्तुष्ट बनेका थिए। टिकट नपाउँदा पार्टी त्याग्ने र अर्को पार्टीको टिकट लिने निर्णय लिएका शर्माले अन्ततः उम्मेदवारी दर्ता नगरी रास्वपाकै उम्मेदवारलाई समर्थन गर्ने घोषणा गरेका छन्।
आफ्नो निर्णयलाई उनले “आवेग” भन्दै पन्छाउने प्रयास गरे पनि राजनीतिक स्थायित्व र नैतिकताको प्रश्न गम्भीर बनेको छ। संगठन विस्तारको नाममा वर्षौँ पार्टी चलाएको दाबी गर्ने नेता एकै दिनमा पार्टी बदल्न तयार हुनुले रास्वपाभित्रको आन्तरिक व्यवस्थापन र नेताहरूको अवसरवादमाथि समेत प्रश्न उठाएको छ।
“पार्टीमा मनमुटाव हुन्छ,” भन्दै आफ्नो व्यवहारलाई सामान्यीकरण गर्न खोजे पनि शर्माे घटनाले बागलुङको चुनावी राजनीतिमा अविश्वास र तमासाको चित्र कोरेको छ। मतदातामाझ भने प्रश्न उब्जिएको छ—यस्ता नेताले उठाउने ‘साझा मुद्दा’ कति भरोसायोग्य हुन्छन्?

By निलुवा खबर

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.