काठमाडौं । बुधबार सुनको भाउ एकैदिन तोलामा १० हजार ४ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य प्रतितोला २ लाख ९५ हजार १ सय रुपैयाँ तोकिएको छ, जुन हालसम्मकै उच्च हो।
अघिल्लो दिन सुन प्रतितोला २ लाख ८४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै त्यसको प्रभाव नेपाली बजारमा परेको महासंघले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस ४ हजार ८ सय ५० अमेरिकी डलर नाघेको छ।
यसैगरी चाँदीको भाउ पनि बढेको छ। चाँदी प्रतितोला ४० रुपैयाँले बढ्दै ५ हजार ९ सय २० रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदी प्रतितोला ५ हजार ८ सय ८० रुपैयाँमा कारोबार भएको थियो।
एकैदिन सुनको भाउ तोलामा १० हजार ४ सयले वृद्धि, नयाँ कीर्तिमान


