Niluwa Online Khabar

२०८३ जेष्ठ १६ गते
२०८३ जेष्ठ १६ गते

युवा आशा र नयाँ राजनीति : बागलुङ–२ मा सोम शर्माको उम्मेदवारी

Advertisement

Advertisement

बागलुङ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बागलुङ निर्वाचन क्षेत्र नम्बर–२ बाट युवा नेता तथा सामाजिक अभियन्ता सोम शर्मा लाई प्रत्यक्ष उम्मेदवारको रूपमा अघि सारेको छ।
सडक आन्दोलनबाट उदाएका शर्मालाई पछिल्लो समय युवा पुस्ताको आशा र परिवर्तनको प्रतीक का रूपमा हेरिँदै आएको छ। विशेषगरी जेन–जी आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका उनी अब आन्दोलनको आवाजलाई संसद् भित्रबाट उठाउने उद्देश्यसहित चुनावी राजनीतिमा प्रवेश गरेका हुन्।
आन्दोलन, संघर्ष र राजनीतिक यात्रा
सोम शर्मा सामाजिक न्याय, सुशासन र जवाफदेही राज्यको पक्षमा निरन्तर आवाज उठाउँदै आएका युवा अभियन्ता हुन्। सडक आन्दोलनका क्रममा उनले भोगेका संघर्ष, चोट र दबाबले उनलाई अझ दृढ बनाएको समर्थकहरूको भनाइ छ। उनी भन्छन्,

“सडकमा उठेको आवाज संसद् सम्म नपुगेसम्म परिवर्तन अधुरो हुन्छ।”

बागलुङ–२ मा बढ्दो चुनावी सरगर्मी
रास्वपाबाट शर्माको उम्मेदवारी सार्वजनिक भएसँगै बागलुङ–२ मा चुनावी माहोल तातेको छ। परम्परागत राजनीतिक अनुहारहरूबीच नयाँ सोच र नयाँ नेतृत्वको रूपमा शर्मालाई मतदाताले चासोका साथ हेर्न थालेका छन्।
जनताको एजेन्डा संसद् सम्म
शर्माले आफ्नो प्राथमिकतामा रोजगारी, शिक्षा, स्वास्थ्य, सुशासन र विकट क्षेत्रको प्रतिनिधित्व लाई अघि सारेका छन्। उनले बागलुङका दुर्गम बस्ती, युवाको पलायन र अवसरको अभावजस्ता विषयलाई संसद्मा बलियो ढंगले उठाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
नयाँ राजनीतिक संस्कारको अपेक्षा
रास्वपाले अघि सारेको ‘पुरानो शैलीको राजनीतिबाट बाहिर निस्कने’ एजेन्डासँग सोम शर्माको राजनीतिक यात्रालाई जोडेर हेरिएको छ। यसले युवा मतदाता र परिवर्तन चाहने नागरिकमा नयाँ आशा जगाएको विश्लेषकहरू बताउँछन्।
आगामी निर्वाचनमा सोम शर्माको उम्मेदवारीले बागलुङ–२ को राजनीतिक समीकरण कस्तो बनाउँछ भन्ने विषयले सबैको ध्यान तानेको छ।

By लालु प्रसाद गैरे

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.