Niluwa Online Khabar

२०८३ जेष्ठ १५ गते
२०८३ जेष्ठ १५ गते

पश्चिमी न्यून चापीय प्रणाली सक्रिय : पहाडी क्षेत्रमा वर्षा, हिमाली भेगमा हिमपात

Advertisement

Advertisement

काठमाडौं। पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण पश्चिम नेपालका पहाडी तथा तराई भूभागमा वर्षा भइरहेको छ भने उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भइरहेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार उक्त प्रणालीको सबैभन्दा बढी प्रभाव सुदूरपश्चिम प्रदेशमा देखिएको छ। बादल क्रमशः पूर्वतर्फ सर्दै कोशी प्रदेशसम्म पुगेको भए पनि पूर्वतिर जाँदा प्रभाव कम हुँदै गएको विभागले जनाएको छ।
मंगलबार साँझदेखि सुदूरपश्चिमका जिल्लामा हल्का वर्षा सुरु भएको थियो। रातिदेखि भने वर्षाको मात्रा र क्षेत्र दुवै विस्तार भएको थियो। पछिल्लो १२ घण्टामा सबैभन्दा बढी डडेलधुरा जिल्लामा २९.६ मिलिमिटर वर्षा मापन गरिएको छ।
हाल पछिल्लो एक घण्टायता सुदूरपश्चिम प्रदेशमा वर्षा कम हुँदै गएको छ भने कर्णाली र लुम्बिनी प्रदेशमा वर्षाको मात्रा बढिरहेको विभागले जनाएको छ।
विभागका वरिष्ठ मौसमविद् बरुण पौडेलका अनुसार पानी पार्ने बादल तीव्र गतिमा पूर्वतर्फ सर्दै छन्। यसको प्रभावले पूर्वी पहाडी जिल्लासम्म वर्षा गराउने पूर्वानुमान गरिएको छ।
उनका अनुसार पूर्वी पहाडी जिल्लामा वर्षासँगै हिमपातको पनि सम्भावना रहेको छ। मनाङ, मुस्ताङसहित पूर्वी पहाडी जिल्लाका हिमाली भेगमा मध्यम खालको हिमपात हुने सम्भावना रहेको उनले जानकारी दिए।
मौसमविद्हरूका अनुसार आज साँझदेखि बादल क्रमशः हट्दै जाने र मौसममा सुधार आउने अपेक्षा गरिएको छ।

By निलुवा खबर

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.