Niluwa Online Khabar

२०८३ जेष्ठ १५ गते
२०८३ जेष्ठ १५ गते

गलकोटमा कांग्रेसको चुनावी अभियान तीव्र, रुख चिह्नमा मतदान गर्न टेकराज पौडेलको अपिल

Advertisement

Advertisement

नेपाली कांग्रेस नगर कार्यसमिति गलकोटको आयोजनामा घरदैलो कार्यक्रम तथा सम्पर्क कार्यालय गलकोट नगरपालिका ०३ मा स्थापना कार्यक्रम सम्पन्न भएको छ। सो अवसरमा आयोजित विशेष बैठक तथा प्रतिनिधिसभा उम्मेदवार परिचय कार्यक्रममा पार्टीका विभिन्न तहका नेता तथा उम्मेदवारहरूको उल्लेख्य सहभागिता रहेको थियो।

कार्यक्रममा केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा प्रत्यक्ष उम्मेदवार टेकराज पौडेलले लोकतन्त्र, संविधान र जनताको अधिकारको संरक्षणका लागि नेपाली कांग्रेसलाई बलियो बनाउनु आवश्यक रहेको बताउनुभयो। उहाँले भन्नुभयो,
“लोकतन्त्र कमजोर हुँदा जनताको अधिकार कुण्ठित हुन्छ। संविधानको रक्षा, सुशासन र स्थिर विकासका लागि नेपाली कांग्रेस अपरिहार्य शक्ति हो। त्यसैले जनताले रुख चिह्नमा मतदान गरेर लोकतन्त्रलाई थप सुदृढ बनाउनु आवश्यक छ।”
पौडेलले घरदैलो कार्यक्रममार्फत जनताको घरआँगनमै पुगेर उनीहरूका समस्या, आवश्यकता र अपेक्षा सुन्ने अभियानलाई अझ प्रभावकारी बनाइने उल्लेख गर्दै कांग्रेस जनताको पार्टी भएकाले जनभावनाअनुसार नै नीति तथा कार्यक्रम अगाडि बढाइने स्पष्ट पार्नुभयो।

कार्यक्रममा नगर सभापति विरजङ भण्डारी, समानुपातिक उम्मेदवार रेनुका काउचा, प्रदेश सभा ‘क’ का सभापति तिलक घर्ति, जिल्ला सह–सचिव फमबहादुर खत्री, महाधिवेशन प्रतिनिधि मन्जेश बम मल्ल र भरत शर्मा, प्रदेश सभा सदस्य दोर्ण कुँवरलगायतले पनि आफ्ना धारणा राख्दै नेपाली कांग्रेसको पक्षमा मतदान गर्न आग्रह गरेका थिए।
वक्ताहरूले संविधानको रक्षा, लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षण तथा स्थानीय विकासका मुद्दालाई प्राथमिकतामा राख्दै कांग्रेस नेतृत्वमा मात्रै स्थायी विकास सम्भव हुने धारणा व्यक्त गरे।

कार्यक्रमकै अवसरमा सम्पर्क कार्यालय स्थापना गरिएको जानकारी दिँदै प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारहरूले जनताको विश्वास र समर्थनका आधारमा विकास, सुशासन र लोकतन्त्र सुदृढीकरणमा निरन्तर लागिरहने प्रतिबद्धता जनाएका छन्।
बैठकले नगरस्तरीय कार्य विभाजनसमेत गरेको छ। नगर सभापति विरजङ भण्डारीको संयोजकत्वमा १५ सय सदस्यीय नगरस्तरीय निर्वाचन परिचालन समिति गठन गरिएको छ। समितिको उप–संयोजकमा योगेश भण्डारी चयन भएका छन्।

त्यसैगरी महिला संघ, भूतपूर्व सैनिक संघ, नेविसंघ, नेपाल दलित संघ, शिक्षक संघ, आदिवासी जनजाति संघ, प्रेस युनियन, अपाङ्ग संघ, लोकतान्त्रिक खेलकुद संघ तथा सीडेन (CDEN) गठन गरिएको नगर सचिव योगेश भण्डारीले जानकारी दिनुभयो।

By निलुवा खबर

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.