Niluwa Online Khabar

२०८३ जेष्ठ १५ गते
२०८३ जेष्ठ १५ गते

टेकराज पौडेल: ‘समृद्धि र विकासका लागि तपाईंको मत महत्वपूर्ण’

Advertisement

Advertisement

बागलुङ – आगामी प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेसले क्षेत्र नं. २ मा प्रचारलाई तीव्र बनाएको छ।
आज ताराखोलाका अर्गल, भुस्कात र मास्खर्कमा घरदैलो तथा भेटघाट कार्यक्रम सञ्चालन भएको छ। पार्टीका केन्द्रीय सदस्य र प्रत्यक्ष उम्मेदवार टेकराज पौडेलले कार्यक्रममा जनतासँग भेटेर चुनावी समर्थनका लागि अपिल गर्नुभएको छ। उहाँले भन्नुभयो, “हामी सबै मिलेर समृद्धि र विकासको लागि जिम्मेवार नेतृत्व रोज्नुपर्छ। तपाईंको विश्वास र मतले क्षेत्र नं. २ को परिवर्तन सम्भव छ।”
कार्यक्रममा समानुपातिक उम्मेदवार रेनुका काउचा, जिल्ला सभापति जित सेरचन, प्रदेश सभा सदस्य दोर्ण कुवर, क्षेत्रीय सभापति जोकलाल बुढा, जिल्ला सचिव गण्डकी अधिकारी, सह–सचिव फम खत्री, र महाधिवेशन प्रतिनिधि भरत शर्माले सहभागी भएर प्रचारलाई गति दिएको जनाइएको छ।

By लालु प्रसाद गैरे

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.