Niluwa Online Khabar

२०८३ जेष्ठ १५ गते
२०८३ जेष्ठ १५ गते

गलकोटमा नेकपा एमालेको चुनावी गतिविधि तीव्र, मतदातासँग प्रत्यक्ष संवाद

Advertisement

Advertisement

बागलुङ, माघ २३
आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेकपा एमालेले गलकोट नगरपालिका वडा नम्बर ११ रिघामा चुनावी कार्यक्रम सम्पन्न गरेको छ।
बागलुङ क्षेत्र नम्बर २ का प्रत्यक्ष उम्मेदवार मञ्जु शर्मा चालिसेलाई विजयी गराउने उद्देश्यले पार्टीले मतदाता भेटघाट, घरदैलो तथा अन्तरक्रिया कार्यक्रमलाई तीव्र बनाएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार चालिसेले यस क्षेत्रको विकासका लागि स्थायी र जिम्मेवार नेतृत्व आवश्यक रहेको बताउनुभयो। उहाँले स्थानीय आवश्यकता, सम्भावना र समस्यालाई केन्द्रमा राखेर काम गर्ने नेतृत्व भए मात्र समग्र विकास सम्भव हुने उल्लेख गर्नुभयो।
विगत लामो समयदेखि जनतासँग नजिक रहेर उनीहरूका दुःख–सुख बुझ्दै आएको अनुभव साझा गर्दै चालिसेले अब क्षेत्रको समृद्धिका लागि नयाँ सोच र योजनासहित अघि बढ्ने समय आएको बताउनुभयो। साथै उहाँले सूर्य चिन्हमा मतदान गरी परिवर्तनको यात्रामा साथ दिन मतदातासमक्ष आग्रह गर्नुभयो।
कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य बाबुराम नेपाली, जिल्ला कार्यवाहक अध्यक्ष विष्णु भुषाल, जिल्ला सचिवालय सदस्य डम्मर श्रीस, जिल्ला सदस्य बलबहादुर पुन, जिल्ला सल्लाहकार सुवेदार नरेन्द्र घर्ती काउचा, नगर सचिव दानबहादुर श्रीस तथा नगर सल्लाहकार धनिश्वर सापकोटाले एमालेको जित देश विकासका लागि आवश्यक रहेको धारणा राख्नुभएको थियो।
त्यसैगरी, देवेन्द्र पुनको संयोजकत्वमा १ सय १ सदस्यीय वडा निर्वाचन परिचालन समिति गठन गरिएको छ। समितिको उपसंयोजकमा केहरसिंह बी.के., सचिवमा तेजेन्द्र श्रीस र उपसचिवमा रामबहादुर राना रहनुभएको छ।
कार्यक्रम वडा अध्यक्ष देवेन्द्र पुनको अध्यक्षता, उपसचिव रामबहादुर रानाको स्वागत मन्तव्य र सचिव तेजेन्द्र श्रीसको सञ्चालनमा सम्पन्न भएको थियो।

By लालु प्रसाद गैरे

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.