Niluwa Online Khabar

२०८३ जेष्ठ १६ गते
२०८३ जेष्ठ १६ गते

मतपत्र छपाइ अन्तिम चरणमा, आइतबारसम्म सकिने

Advertisement

Advertisement

काठमाडौँ – यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतपत्र छपाइ कार्य अन्तिम चरणमा पुगेको छ। मतपत्र छपाइ कार्य जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले गरिरहेको छ।
केन्द्रका प्रबन्ध निर्देशक यदुनाथ पौडेलका अनुसार दैनिक १२ देखि १५ लाख मतपत्र छापिँदै आएको छ। कुल २ करोड ३ लाख मतपत्र छपाइ गर्नुपर्नेमा हालसम्म १ करोड ७३ लाख मतपत्र छपाइ सम्पन्न भइसकेको उहाँले जानकारी दिनुभयो।
बाँकी ३० लाख मतपत्र पनि आइतबारसम्म छपाइ सम्पन्न हुने बताइएको छ। छपाइ सकिएका जिल्लाहरूमा मतपत्र ढुवानी कार्य सुरु भइसकेको छ। प्रबन्ध निर्देशक पौडेलका अनुसार नेपाली सेनामार्फत ५८ जिल्लाका १ सय २४ निर्वाचन क्षेत्रका मतपत्र ढुवानी भइरहेको छ।
निर्वाचन नजिकिँदै जाँदा आवश्यक तयारी तीव्र बनाइएको सम्बन्धित निकायले जनाएको छ। तस्बिर :ujyallo

By लालु प्रसाद गैरे

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.