Niluwa Online Khabar

२०८३ बैशाख २ गते
२०८३ बैशाख २ गते

प्रवासबाट जयलाल सुवेदीको अपिल : “निर्वाचनमा सोचेर मत हालौँ, नयाँ विकल्पलाई अवसर दिऔँ”

Advertisement

Advertisement

गलकोट/बागलुङ — प्रवासमा रहँदै आएका गल्कोट नगरपालिका ०४ चमुवाका  जयलाल सुवेदीले वर्तमान राजनीतिक परिस्थितिबारे आफ्नो धारणा सार्वजनिक गर्दै मतदातालाई सोचविचार गरेर मतदान गर्न आग्रह गरेका छन्। उनले पोर्तुगलबाट सामाजिक सञ्जालमार्फत आफ्नो विचार राख्दै देश कठिन परिस्थितिबाट गुज्रिरहेको उल्लेख गरेका हुन्।
सुवेदीले देशमा अन्योल, अस्थिरता र निराशा बढिरहेको उल्लेख गर्दै यस्तो अवस्थामा निर्वाचन नै देशलाई सही दिशातर्फ लैजान सक्ने प्रमुख माध्यम भएको बताएका छन्। उनले विगतमा परम्परागत दलहरूलाई पटक–पटक अवसर दिइएको तर अपेक्षित सुधार नदेखिएको जिकिर गरे।
उनले जनप्रतिनिधिहरूले निर्वाचनअघि गरेका प्रतिबद्धता र संसदमा दिएका अभिव्यक्तिहरू स्मरण गर्न आग्रह गर्दै चुनावपछि जनताको अपेक्षाअनुसार काम नभएको टिप्पणी गरेका छन्। शीर्ष तहमा सहकार्य देखिए पनि जनस्तरमा विभाजनको राजनीति दोहोरिएको उनको भनाइ छ।
आगामी निर्वाचनलाई परिवर्तनको अवसरका रूपमा लिनुपर्ने उल्लेख गर्दै सुवेदीले नयाँ सोच, नयाँ जोश र नयाँ भिजन बोकेर आएका उम्मेदवार तथा शक्तिलाई समर्थन गर्न आग्रह गरेका छन्। उनले मत हाल्नुअघि गम्भीर रूपमा सोच्न र आफ्नो क्षेत्रबाट योग्य, इमानदार तथा सक्षम उम्मेदवारलाई जिताउन आह्वान गरेका छन्।
अन्त्यमा उनले निर्वाचनको नतिजालाई सम्मान गर्ने उल्लेख गर्दै लोकतान्त्रिक प्रक्रियामा सक्रिय सहभागिताको आवश्यकता औंल्याएका छन्।

By निलुवा खबर

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.