Niluwa Online Khabar

२०८३ जेष्ठ १५ गते
२०८३ जेष्ठ १५ गते

फागुन २१ को निर्वाचनलाई लक्षित गर्दै मदिरा बिक्री र सवारी सञ्चालनमा कडाइ

Advertisement

Advertisement

काठमाडौँ। आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै मदिराजन्य पदार्थ बिक्री–वितरण तथा सेवनमा कडाइ गरिएको छ। निर्वाचन आयोगका अनुसार मतदान मितिभन्दा सात दिन अगाडिदेखि अन्तिम मत परिणाम घोषणा नभएसम्म जाँडरक्सी बिक्री–वितरण र पिउन पूर्ण प्रतिबन्ध लगाइएको हो। उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको निर्णयअनुसार उक्त व्यवस्था आजदेखि नै लागू भएको जनाइएको छ।
यसैबीच, फागुन १८ गते सोमबार राति १२ बजेदेखि चुनावी प्रचारप्रसार पूर्ण रूपमा निषेध गरिने भएको छ। निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि गृह मन्त्रालयले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायलाई आवश्यक निर्देशन दिएको छ।
मतदानको दिन अत्यावश्यक सेवाका सवारीसाधन, कूटनीतिक नियोगका गाडी तथा आधिकारिक पास प्राप्त सवारीबाहेक अन्य सार्वजनिक र निजी सवारी सञ्चालनमा रोक लगाइने आयोगले जनाएको छ। यो निर्णय फागुन २० गते राति १२ बजेदेखि फागुन २१ गते साँझ मतदान सम्पन्न नहुँदासम्म लागू हुनेछ।
अत्यावश्यक सेवाअन्तर्गत एम्बुलेन्स, दमकल, शव वाहन, रक्तसञ्चार सेवा, सुरक्षा निकायका गाडी, विद्युत्, खानेपानी तथा ढल मर्मत र दूरसञ्चार सेवा मर्मतका सवारी साधन सञ्चालनमा रहनेछन्।
त्यसैगरी, मतदानका दिन अन्तर्राष्ट्रिय तथा आन्तरिक हवाई उडान भने नियमित रूपमा सञ्चालन हुने जनाइएको छ। टिकट भएका यात्रुलाई विमानस्थलदेखि घर वा होटलसम्म र पुनः विमानस्थलसम्म आवतजावत गर्दा निजी वा सम्बन्धित एयरलाइन्सले व्यवस्था गरेको सवारी प्रयोग गर्न दिने प्रबन्ध मिलाउन आयोगले सम्बन्धित निकायलाई आग्रह गरेको छ।

By निलुवा खबर

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.