बागलुङ – प्रतिनिधि सभा निर्वाचन अन्तर्गत आज बिहान ७ बजेदेखि सञ्चालन भएको मतदानमा गलकोट नगरपालिका मा ४८.१७ प्रतिशत मत खसेको छ।
प्राप्त विवरण अनुसार गलकोट नगरपालिका वडा नम्बर १ मा ३ हजार १ सय ३८ मतदाता मध्ये १ हजार ३ सय ६५ मत खसेको मतदान अधिकृत पूर्ण प्रसाद ढुङ्गाना ले जानकारी दिनुभयो।
त्यस्तै वडा नम्बर २ मा २ हजार ४ सय ८ मतदाता मध्ये १ हजार ६४, वडा नम्बर ३ मा २ हजार ९ सय १३ मतदाता मध्ये १ हजार ४ सय ४४ र वडा नम्बर ४ मा १ हजार ९ सय ६१ मतदाता मध्ये ९ सय ४७ मत खसेको मतदान अधिकृत कृष्ण प्रसाद ज्ञवाली ले बताउनुभयो।
यस्तै वडा नम्बर ५ मा २ हजार २ सय ४ मतदाता मध्ये १ हजार ५२, वडा नम्बर ६ मा १ हजार ६ सय ५६ मध्ये ८ सय ४५, वडा नम्बर ७ मा १ हजार ८ सय ४४ मध्ये ९ सय ५१, वडा नम्बर ८ मा १ हजार ८ सय ३१ मध्ये ७ सय ९८, वडा नम्बर ९ मा १ हजार ७ सय ८९ मध्ये ८ सय ७७, वडा नम्बर १० मा १ हजार ८ सय ८४ मध्ये ९ सय २५ र वडा नम्बर ११ मा २ हजार ८ सय ९७ मतदाता मध्ये १ हजार ५ सय ४८ मत खसेको मतदान अधिकृत दिनेश जी.सी. ले जानकारी दिनुभयो।
मतदान प्रक्रिया सबै मतदान केन्द्रमा शान्त, सौहार्दपूर्ण र भयरहित वातावरणमा सम्पन्न भएको जनाइएको छ। सम्पूर्ण स्थानबाट मतपेटिका संकलन गरिसकेपछि बुर्तिबाङ स्थित बागलुङ क्षेत्र नम्बर २ को निर्वाचन कार्यालयमा मतगणना गरिने जनाइएको छ।
गलकोटमा ४८.१७ प्रतिशत मत खस्यो


