Niluwa Online Khabar

२०८३ बैशाख २ गते
२०८३ बैशाख २ गते

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृशोक

Advertisement

Advertisement

काठमाडौं, २९ फागुन ।
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृशोक परेको छ। उहाँका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा आज बिहान निधन भएको हो।
केही समयदेखि स्वास्थ्यमा समस्या देखिएपछि उहाँको भक्तपुरको गठ्ठाघरस्थित कोरियन अस्पतालमा उपचार भइरहेको थियो। उपचारकै क्रममा आज बिहान उहाँको निधन भएको एमाले सचिव पद्मा अर्यालले जानकारी दिनुभएको छ।

पारिवारिक स्रोतका अनुसार मोहनप्रसादको पार्थिव शरीरलाई अहिले भक्तपुरको गुण्डुस्थित ओली निवासमा लगिने तयारी भइरहेको छ। उहाँको अन्तिम संस्कार आजै दिउँसो काठमाडौंको पशुपति आर्यघाटमा गरिने कार्यक्रम रहेको छ।
९७ वर्षीय मोहनप्रसाद ओली लामो समयदेखि छोरा केपी शर्मा ओलीसँगै भक्तपुरको गुण्डुमा बस्दै आउनुभएको थियो। उहाँको निधनको खबरसँगै एमालेका नेता, कार्यकर्ता र शुभचिन्तकहरूले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरिरहेका छन्।

By निलुवा खबर

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.