
गलकोट नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाले कक्षा ८ को परीक्षा केन्द्र निर्धारण गरेको छ ।
नगर स्तरिय आधारभुत तह परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिले आगामी चैत्र ८ गते देखी सञ्चालन हुने कक्षा ८ को वार्षिक परीक्षाको केन्द्र निर्धारण गरिएको जनाएको छ ।
जसअन्तर्गत सरस्वती माध्यमिक विद्यालय परीक्षा केन्द्रमा गौदीगौमूखी आधारभुत विद्यालय गलकोट नगरपालिका वडा नं. १ का ६ जना, चौराहा माध्यमिक विद्यालय गलकोट नगरपालिका वडा नं. १ का ९ जना, सरस्वती माध्यमिक विद्यालय गलकोट नगरपालिका १ का १८ जना र दुदिलाभाटी बोर्डिङ स्कुल गलकोट नगरपालिका १ का १९ जना गरी ५२ जना विद्यार्थी परेका छन् ।
त्यस्तै महेन्द्र माध्यमिक विद्यालय परीक्षा केन्द्रमा महेन्द्र माध्यमिक विद्यालय गलकोट नगरपालिका २ का १७, शितलपाटी आधारभुत विद्यालय गलकोट नगरपालिका २ का ५, नवयुवाक आधारभुत विद्यालयका ६, एरा मदरल्याण्ड बोर्डिङ स्कुलका ११, खरुवा माध्यमिक विद्यालय गलकोट नगरपालिका वडा नं. ४ का १५, गोल्डेन फ्युचर बोर्डिङ गलकोट नगरपालिका ४ का १२ गरी जम्मा ८० जना, गलकोट बहुमुखी क्याम्पस परीक्षा केन्द्रमा गलकोट माध्यमिक विद्यालय गलकोट नगरपालिका ३ का ६६, जीवनज्योति आधारभुत विद्यालय गलकोट नगरपालिका ३ का ५, नवप्रभात बोर्डिङ स्कुलका १७, न्यू लाईफ बोर्डिङ स्कुल गलकोट नगरपालिका ६ का ५१, पार्वती माध्यमिक विद्यालय गलकोट नगरपालिका वडा नम्वर ६ का १५, सम्बुद्ध एजुकेशनल बोर्डिङ स्कुलका १० जना गरी १६४ जना विद्यार्थी परेका छन् ।
त्यसैगरी पृथ्वी माध्यमिक विद्यालय परीक्षा केन्द्रमा पृथ्वी माध्यमिक विद्यालय गलकोट नगरपालिका ५ का १९, नवज्योति दुर्गा आधारभुत विद्यालयका ७, एकता ईङलिस बोर्डिङ स्कुलका १०, गलकोट मोर्डनाईज बोर्डिङ स्कुलका २६ गरी जम्मा ६२ जना, प्रगती आधारभुत विद्यालय परीक्षा केन्द्रमा जनहित माध्यमिक विद्यालय गलकोट नगरपालिका वडा नं. ७ का १४, प्रगती आधारभुत विद्यालयका ७, गलकोट ईङलिस बोर्डिङ स्कुलका १३ जना गरी जम्मा ३४ जना, जनजागृती माध्यमिक विद्यालय परीक्षा केन्द्रमा जनजागृती माध्यमिक विद्यालय गलकोट नगरपालिका ८ का २५, मनेवा आधारभुत विद्यालय गलकोट नगरपालिका ११ का ७ जना गरी जम्मा ३२ जना, शिव माध्यमिक विद्यालय परीक्षा केन्द्रमा शिव माध्यमिक विद्यालय गलकोट नगरपालिका वडा नं. ८ का १६, देवकोटा आधारभुत विद्यालय गलकोट नगरपालिका ८ का ७, भैरव माध्यमिक विद्यालय गलकोट नगरपालिका वडा नं. ९ का ७ जना गरी जम्मा ३० जना विद्यार्थी रहेको शिक्षा अधिकृत शिव खड्काले बताउनुभयो ।
त्यस्तै पाण्डवखानी माध्यमिक विद्यालय परीक्षा केन्द्रमा पाण्डवखानी माध्यमिक विद्यालय गलकोट नगरपालिका वडा नं. १० का १४, रमुवा आधारभुत विद्यालय गलकोट नगरपालिका १० का १० गरी २४ जना र रत्न लक्ष्मी माध्यमिक विद्यालय परीक्षा केन्द्रमा रत्न लक्ष्मी माध्यमिक विद्यालय गलकोट नगरपालिका वडा नं. ११ का १७, सानोरिघा आधारभुत विद्यालय गलकोट नगरपालिका ११ का ७ गरी जम्मा २४ जना विद्यार्थी रहेका छन् ।
यस पटक कक्षा ८ को नगर स्तरिय वार्षिक परीक्षामा गलकोट नगरपालिकाका ५ सय २ जना विद्यार्थी सहभागि हुँदै छन् ।
✍️ गल्कोट FM


