मध्यपहाडी लोकमार्गको बागलुङ नगरपालिका वडा नं. ४ रात्माटामा बोलेरो जिप दुर्घटना हुँदा चालकसहित सात जना घाइते भएका छन् ।
गलकोटबाट बागलुङ बजारतर्फ जाँदै गरेको लु ३ च ५१५० नम्बरको बोलेरो जिप अनियन्त्रित भई सडकको बाँया साइडको नालीमा पल्टिँदा गाडीका चालक गलकोट नगरपालिका वडा नं. ३ का २५ वर्षीय यादव खत्री सहित ७ जना घाइते हुनुभएको हो ।
दुर्घटनामा चालक खत्रीको दाहिने हातमा सामान्य चोट लागेको छ । त्यस्तै गलकोट नगरपालिका–वडा नं. ९ टिमुरबोटका ५६ वर्षीय देवबहादुर के.सी.को टाउको र दाहिने हातमा, वडा नं. ३ हटियाकी ७३ वर्षीया दिलकुमारी साहानीको घाँटी र दाहिने हातमा चोट लागेको छ । त्यस्तै वडा नं. ४ डाँडाखेतकी २६ वर्षीया सारदा खत्रीको टाउकोमा सामान्य चोट लागेको प्रहरीले जनाएको छ ।
त्यसैगरी वडा नं. ७ बामियाँका २४ वर्षीय रोशन थापाको टाउको र बाँया हातमा सामान्य चोट, वडा नं. ३ नौबिसे टोलका ७३ वर्षीय कुल बहादुर साहनीको घाँटी र वडा नं. ३ हटियाका २२ वर्षीय करण साहानीको नाकमा सामान्य चोट लागेको छ ।
घाइतेहरुको धौलागिरी प्रादेशिक अस्पताल, बागलुङमा उपचार भैरहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ ।


