Niluwa Online Khabar

२०८३ बैशाख ३ गते
२०८३ बैशाख ३ गते

गलकोट–३ मा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, २ हजार ७ सय बढी लाभान्वित

Advertisement

Advertisement

बागलुङ — गलकोट नगरपालिका वडा नम्बर ३ हटियामा सञ्चालित निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।

कादुरी एग्रिकल्चरल एड एसोसियसन ब्रिटिस गोर्खाज नेपालको आयोजना तथा गलकोट नगरपालिकाको समन्वय र सहजीकरणमा चैत्र ४ गतेदेखि सञ्चालन गरिएको शिविरबाट २ हजार ७ सय २३ जना नागरिकले सेवा लिएका छन्।

शिविरमा ८ सय ८२ पुरुष र १ हजार ८ सय ४१ महिलाले स्वास्थ्य सेवा लिएको कादुरी एग्रिकल्चरल एड एसोसियसन ब्रिटिस गोर्खाज नेपालका प्रोजेक्ट डाइरेक्टर क्याप्टेन राजन राईले जानकारी दिनुभयो। निःशुल्क रूपमा सम्पूर्ण प्रकारका स्वास्थ्य परीक्षण तथा उपचार सेवा उपलब्ध गराइएकाले दुर्गम तथा आर्थिक रूपमा कमजोर वर्गका नागरिकको उल्लेखनीय सहभागिता रहेको थियो।
शिविरमा स्त्रीरोगसम्बन्धी जाँच तथा उपचार, आँखा परीक्षण र मोतियाबिन्दुको शल्यक्रिया, दाँतसम्बन्धी उपचार, रगत, दिसा तथा पिसाब परीक्षण, मुटुको ईसीजी, भिडियो एक्स–रे तथा चिकित्सकको सल्लाह अनुसार निःशुल्क औषधि वितरण गरिएको थियो।

साथै, कादुरीद्वारा सञ्चालन गरिने विभिन्न सीपमूलक तालिमबारे परामर्श तथा छनोट प्रक्रिया समेत सञ्चालन गरिएको ट्रेनिङ डाइरेक्टर क्याप्टेन मिनजुङ गुरुङले बताउनुभयो।
शिविरको अनुगमन गर्दै गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले यस्ता कार्यक्रमले विशेषगरी दुर्गम क्षेत्रका तथा आर्थिक रूपमा कमजोर नागरिकलाई ठूलो राहत पुर्‍याएको बताउनुभयो। उहाँले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
स्थानीयवासीले गाउँमै विशेषज्ञ स्वास्थ्य सेवा पाउन सकेकोमा खुसी व्यक्त गरेका छन्।
कादुरी एग्रिकल्चरल एड एसोसियसन ब्रिटिस गोर्खाज सन् १९६८ मा स्थापना भएको संस्था हो। यस संस्थाले विगतदेखि नै दुर्गम क्षेत्रमा खानेपानी, झोलुङ्गे पुल, मिनी हाइड्रो, स्वास्थ्य शिविर, धुवाँरहित चुल्हो निर्माण तथा सीपमूलक तालिम सञ्चालन जस्ता विभिन्न सामाजिक कार्य गर्दै आएको छ।

By निलुवा खबर

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.