दिपक सुबेदी बिप्लब✍️
टोकियो/ गलकोट स्पोर्ट्स क्लब टोकियो जापानले आफ्नो ११औ वार्षिकोत्सवको अवसरमा ११औ सिल्भर रनिङ कप पुरुष तथा महिला भलिबल प्रतियोगिता २०२६ गर्ने भएको छ ।
“स्वास्थ्यका लागि खेलकूद राष्ट्रका लागि खेलकूद” भन्ने मान्यता राखेर स्थापना भएको क्लबले वार्षिक रूपमा गर्दै आएको पुरुष भलिबल प्रतियोगिता यस पटक खुल्ला महिला तथा मैत्रीपुर्ण भेट्रान्स खेल समेत मे ७ तारिक बिहिबारका दिन आयोजना गर्न लागेको महासचिव नारायण थापाले जानकारी दिए ।नेपालको राष्ट्रिय खेल भलिबललाई प्रवासमा रहेर पनि संरक्षण प्रवर्द्धन र खेलाडी र खेलको विकासमा टेवा पुराउने उदेश्य लिएर प्रतियोगिता संचालन गर्न लागेको महासचिव थापाको भनाई छ।
प्रतियोगिता संचालनका लागि मार्च महिनाको २४ तारिक मंगलबार बसेको कार्यसमितिको बैठकले कार्यविभाजन गर्दै बरिष्ठ ऊपाध्यक्ष गणेश केसीलाई कार्यक्रम संयोजक ,कोषाध्यक्ष कुशल भण्डारीलाई आर्थिक संयोजक, उपाध्यक्ष दिनेश थापालाई अथिति सम्मान तथा कार्यक्रम ब्यवस्थापन ,
डिजाइन तथा ट्रफी व्यवस्थापनमा उपाध्यक्ष असिम बस्नेत ,
खेल तथा प्राविधिक संयोजकमा खेल संयोजक विजय बस्नेत र सदस्य मनोज गौचन ,प्रचार-प्रसार संयोजक महासचिव नारायण थापा ,अनुशासन तथा स्वयंसेवकको जिम्मा उपाध्यक्ष सुरज के.सीलाई जिम्मेवारी प्रदान गरिएको अध्यक्ष रमेश कुमार खत्रीले जानकारी दिए ।
क्लबको स्थापना प्रवासमा रहँदै खेलमार्फत युवाहरूबीच आपसी भाईचारा, सद्भाव तथा अनुशासन कायम राख्ने, खेलकुदको संरक्षण तथा प्रवर्द्धन गर्ने र युवा शक्तिलाई सामाजिक कार्यमा संलग्न गराउन अभिप्रेरित गर्ने उद्देश्यले गरिएको हो। सोही उद्देश्यअनुसार, प्रवासमा रहेका खेलाडीहरूको हौसला अभिवृद्धि गर्न क्लबले स्थापना कालदेखि नै भलिबल प्रतियोगिताको आयोजना गर्दै आएको अध्यक्ष खत्रीले बताउनुभयो।
प्रतियोगितामा पुरुस तर्फ प्रथम हुने समूहलाई ३३३३३३ येन नगद, रनिंग सिल्भर कप ट्रफी, मेडल र प्रमाण-पत्र, द्वितीय हुनेलाई २२२२२२ येन नगद नगद, ट्रफी, मेडल र प्रमाण-पत्र तथा सान्त्वना पुरस्कार (दुई टिमलाई), ६१,१११ येन नगद र प्रमाणपत्र जस्मा दर्ता शुल्क: ४०,००० येन
महिला तर्फ प्रथम पुरस्कार: १,११,१११ येन नगद , ट्रफी मेडल र प्रमाणपत्र द्वितीय पुरस्कार: ६६,६६६ येन,नगद ट्रफी मेडल र प्रमाणपत्र र दर्ता शुल्क: २०,००० येन
भेट्रान्स मैत्रीपूर्ण भलिबल तर्फ बिजेता टिमले मेडल र प्रमाणपत्र
भेट्रान्स टिममा पुरुस भलिबल टिमबाट खेलेका खेलाडीहरू समावेश हुन पाउने छैनन्।
यसका साथै प्रतियोगितामा बिदागत तर्फ उतकृस्ट खेलाडीलाई ट्रफी र सम्मान पत्रद्वारा सम्मान गरिने बताईएको छ ।
खेल प्रचलित नियम अनुसार नक-आउट सिस्टममा नेपाली रेफ्री द्वारा संचालन गरिने बताईएको छ
कार्यक्रम मिति: २०२६-०५-०७ तारिक बिहिबार ,
स्थान: Yahos Arena, 4 Chome-1-2 Benten, Chuo Ward, Chiba 260-0045
समय: बिहान ९:०० बजेदेखि हुनेछ
खेल प्रतियोगिताको टाईसीट मे ६ तारिक ५ बजे सार्वजनिक गरिने बताईएको छ।


