Niluwa Online Khabar

२०८३ जेष्ठ १५ गते
२०८३ जेष्ठ १५ गते

भित्तेपत्रिका तालिममार्फत विद्यार्थीलाई मिडिया मेलामा सहभागी गराइने

Advertisement

Advertisement

बागलुङ — नेपाल पत्रकार महासंघ, बागलुङ शाखाले आयोजना गर्न लागेको मिडिया मेलालाई सफल बनाउन विद्यालय तहका विद्यार्थीलाई भित्तेपत्रिका सम्बन्धी तालिम प्रदान गरिएको छ। मंगलबार सदरमुकामका विभिन्न विद्यालयका विद्यार्थीलाई लक्षित गर्दै आयोजित तालिममा १४ विद्यालयका ४७ जना विद्यार्थी सहभागी भएका थिए।
महासंघका अध्यक्ष राम थापा ‘अबिरल’का अनुसार तालिममार्फत सिकेको सीप प्रयोग गरी विद्यार्थीहरूले भित्तेपत्रिका तयार गर्नेछन्। ती पत्रिकाहरू आगामी मिडिया मेलामा प्रदर्शनीका लागि राखिनेछन् भने उत्कृष्ट कृतिलाई पुरस्कारसमेत प्रदान गरिनेछ। प्रतियोगिताका लागि निर्णायकसमेत तोकिने जनाएको छ।

महासंघले मिडिया मेलाको तयारी अन्तिम चरणमा पुगेको बताएका छन्। मेलामा बागलुङको पत्रकारिताको इतिहास, गिद्देप्रेसदेखि डिजिटल युगसम्मको विकास, कृषि तथा पर्यटनजस्ता क्षेत्रको योगदान र आवश्यकताबारे छलफल हुने कार्यक्रम तय गरिएको छ। साथै पछिल्लो समय पत्रकारिताप्रति बढ्दो अविश्वास न्यूनीकरण गर्दै पेशालाई थप व्यवसायिक बनाउने विषयमा पनि बहस हुने भएको छ
मेलामा पुराना पत्रकारिता उपकरणहरूको प्रदर्शनी, चित्रकला कार्यक्रमलगायत विविध आकर्षण समेटिनेछन्। यसअघि सोमबार महासंघको स्थापना दिवसको अवसरमा मेलाको प्रचारप्रसारका लागि अन्तरक्रिया कार्यक्रमसमेत आयोजना गरिएको थियो।
मिडिया मेलालाई ऐतिहासिक बनाउन जिल्लाका सबै स्थानीय तह, सरकारी तथा गैरसरकारी निकायहरूले सहकार्य गर्ने तयारी गरेका छन्।

By लालु प्रसाद गैरे

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.