काठमाडौं । सरकारले सरकारी कार्यालयको समय फेरबदल गर्दै आजदेखि नयाँ कार्यतालिका लागू गरेको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले गरेको निर्णयअनुसार अब देशभरका सरकारी कार्यालय बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म सञ्चालन हुनेछन् ।
यसअघि कार्यालय समय बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म कायम थियो भने जाडोयाममा (कात्तिक १६ देखि माघ १५ सम्म) बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन हुँदै आएको थियो ।
सरकारले इन्धन खपत कम गर्ने उद्देश्य राख्दै शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने र कार्यसमयलाई बिहानैदेखि सञ्चालन गर्ने नीति लिएको हो । यस सम्बन्धी निर्णय राजपत्रमा प्रकाशित भइसकेको जनाइएको छ ।
यसअघि पनि वि.सं. २०७९ जेठ १ गते तत्कालीन सरकारले बिहान साढे ९ बजेदेखि बेलुकी साढे ५ बजेसम्म कार्यालय सञ्चालन गर्ने व्यवस्था लागू गरेको थियो ।
सरकारी कार्यालय बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म खुल्ने


