बागलुङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गल्कोट नगरपालिका वडा नं. ४ को प्रथम वडा अधिवेशन सम्पन्न भएको छ।कार्यक्रममा बोल्दै पार्टीका जिल्ला उपसभापति ढालेन्द्र रायमाझीले संगठन विस्तारसँगै जनताको विश्वास जित्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो। उहाँले सुशासन, पारदर्शिता र जनमुखी राजनीतिमार्फत पार्टीले नागरिकको भरोसा जित्दै गएको बताउनुभएको थियो।
उक्त अधिवेशनबाट दुर्गाबहादुर नेपालीको सभापतित्वमा १६ सदस्यीय वडा कार्यसमिति गठन गरिएको छ। समितिको उपसभापतिमा गंगाधर गैरे, सचिवमा दिलबहादुर गैरे र कोषाध्यक्षमा शारदा खड्का चयन हुनुभएको छ।
यसैगरी सदस्यहरूमा उजेली नेपाली, सुलबहादुर दर्जी, रामबहादुर बिक, लोकनाथ गैरे, कुलबहादुर भण्डारी, सुदिप नेपाली, रमेश खत्री र सुशील खड्का चयन गरिएको नगरसभापती राजेन्द्र पुन ले जानकारि दिनु भएको हो।
त्यसैगरी वरिष्ठ सल्लाहकारमा टेकबहादुर खत्री र भक्त गैरे चयन हुनुभएको छ।
कार्यक्रम टेक बहादुर खत्रीको अध्यक्षता, दुर्गा बहादुर नेपालीको स्वागत र बिस्वास भन्डारि को सन्चालनमा सम्पन्न भएको थियो l
अधिवेशनमा स्थानीय नेता, कार्यकर्ता तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा पार्टी सुदृढीकरण, संगठन विस्तार र आगामी रणनीतिबारे समेत छलफल गरिएको जनाइएको छ।


