Niluwa Online Khabar

२०८३ जेष्ठ १५ गते
२०८३ जेष्ठ १५ गते

छानबिनको माग गर्दै गलकोटमा निर्माण कार्य रोकियो

Advertisement

Advertisement

गलकोट, १३ वैशाख २०८३
गलकोट नगरपालिका भित्रका निर्माण व्यवसायी तथा हार्डवेयर व्यवसायीहरूको संयुक्त भेलाले एक हप्तासम्म सम्पूर्ण निर्माण कार्य बन्द गर्ने निर्णय गरेको छ।
गलकोटमा सम्पन्न उक्त भेलामा पछिल्लो समय सामाजिक सञ्जालमार्फत निर्माण कार्यसम्बन्धी भ्रामक तथा अपुष्ट समाचारहरू फैलिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ। यस्ता सामग्रीमा निर्माण व्यवसायी, उपभोक्ता समिति तथा विभिन्न कार्यालयहरूलाई लक्षित गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र, इलाका प्रहरी कार्यालय गलकोट तथा गलकोट नगरपालिकालाई ट्याग गरी आरोप लगाउने प्रवृत्ति बढेको बताइएको छ।
भेलामा सहभागी व्यवसायीहरूले यस्ता अपुष्ट र भ्रामक सूचनाका कारण निर्माण क्षेत्रमा संलग्न व्यक्ति तथा संस्थाहरू त्रसित भएको र काम अगाडि बढाउन कठिनाइ भइरहेको बताएका छन्।
यसै सन्दर्भमा सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न सम्बन्धित निकाय—इलाका प्रहरी कार्यालय गलकोट र गलकोट नगरपालिकालाई आग्रह गर्ने निर्णय गरिएको छ। साथै, उक्त प्रक्रियाका लागि एक हप्ताको समयसीमा निर्धारण गर्दै सो अवधिभर नगरभित्रका सम्पूर्ण निर्माण कार्य स्थगित गर्ने निर्णय गरिएको हो।
त्यस्तै, हार्डवेयर व्यवसायीहरूले पनि भेलाको निर्णयलाई समर्थन जनाउँदै सात दिनसम्म व्यक्तिगत तथा संस्थागत रूपमा निर्माण सामग्री बिक्री नगर्ने घोषणा गरेका छन्।
भेला गलकोट निर्माण व्यवसायी संघका संयोजक योगेश भण्डारीको अध्यक्षतामा सम्पन्न भएको थियो।

By लालु प्रसाद गैरे

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.