









राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम गलकोट नगर अधिवेशनले राजेन्द्र पुनको सभापतित्वमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गलकोट नगर समितिको गठन गरिएको छ । समितिको उपसभापतीमा क्याप्टेन पदम बहादुर खत्री, सचिवमा देवेन्द्र सिंह बस्नेत, सहसचिवमा विश्वास भण्डारी रहनुभएको छ । भने कोषाध्यक्षमा पछि चयन गरिने जनाईएको छ ।
त्यस्तै समितिको सदस्यहरुमा टिका बहादुर खत्री, तेजमाया मल्ल, टिका सुनार, अन्जु शर्मा, सुशिला बोहोरा खत्री, कुसुम विक मगर, प्रेम कुमार खरेल, सुकमन श्रीस, अम्मर बहादुर बस्नेत, छम सुनार र जुना विक सुनार रहनुभएको छ ।
त्यस्तै अधिवेशनले महाधिवेशन प्रतिनिधीतर्फ तेज बहादुर पुन र नारायणध्वज मल्ल, प्रदेश प्रतिनिधीतर्फ प्रकाश सुनुवार, कविराज नेपाली, जिल्ला प्रतिनिधीतर्फ जिवन खत्री, सन्तोष श्रीस, संगिता भण्डारी थापा, कृष्ण बहादुर नेपालीलाई सर्वसम्मत चयन गरिएको छ ।
अधिवेशनलाई सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्य सोम शर्माले मुलुकमा सुशासन, पारदर्शिता र जवाफदेहिताको माग दिनप्रतिदिन बढ्दै गएको बताउनुभयो । उहाँले राजनीतिक नेतृत्व जनताप्रति उत्तरदायी हुनुपर्ने उल्लेख गर्दै नागरिकको विश्वास कायम राख्न व्यवहारमा परिवर्तन आवश्यक रहेको धारणा राख्नुभयो । उहाँले देशमा देखिएका विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक चुनौतीहरूको समाधानका लागि नयाँ सोच, इमानदार नेतृत्व र जनमुखी कार्यशैली आवश्यक रहेको बताउदैँ जनताको अपेक्षा अनुसार काम गर्न सके मात्रै लोकतान्त्रिक व्यवस्थाप्रति नागरिकको विश्वास अझ बलियो बन्ने उल्लेख गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीले वैकल्पिक राजनीतिक शक्तिका रूपमा जनताका मुद्दालाई केन्द्रमा राखेर काम गरिरहेको बताउनुभयो ।
सांसद शर्माले स्थानीय तहसम्म पार्टी संगठनलाई सुदृढ बनाउँदै जनताका समस्या, आवश्यकता र सुझावलाई प्रत्यक्ष रूपमा सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले यस क्षेत्रको विकासको लागि सधै प्रतिवद्ध रहेको समेत बताउनुभएको थियो ।
कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका गण्डकी प्रदेश सदस्य चित्र बहादुर थापा, जिल्ला सभापति महेन्द्र खड्का, जिल्ला उपसभापति ढालिन्द्र रायमाझी, जिल्ला सचिव तथा बागलुङका संगठन विभाग प्रमुख बबिन खत्री नेपाल, महिला नेतृ तिला के.सी., जिल्ला सदस्य टेक बहादुर पुन, जैमिनी नगरपालिका तदर्थ समितिका सभापति राजेन्द्र शर्मा र गलकोट नगरपालिका वडा नम्वर १० का वडा सभापति थम बुढाले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
उक्त अवसरमा वक्ताहरूले राष्ट्रिय स्वतन्त्र पार्टीले अघि सारेका सुशासन, पारदर्शिता र उत्तरदायी शासनका एजेन्डालाई जनस्तरसम्म पुर्याउन आवश्यक रहेको बताएका थिए । उनीहरूले संगठन विस्तारसँगै जनताका वास्तविक समस्या समाधानतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिएका थिए । त्यस्तै कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी बागलुङ क्षेत्र नं. २ का क्षेत्रीय सभापति बालकृष्ण शर्माले अधिवेशनको निर्वाचन प्रक्रिया, संगठनात्मक संरचना तथा नेतृत्व चयन सम्बन्धी विषयमा जानकारी गराउनुभएको थियो ।
कार्यक्रम राष्ट्रिय स्वतन्त्र पार्टी गलकोट नगर समितिका सभापती राजेन्द्र पुनको अध्यक्षता, उपसभापती पदम खत्रीको स्वागत र सचिव देवेन्द्र सिंह बस्नेतको सञ्चालनमा सम्पन्न भएको थियो ।


