Niluwa Online Khabar

२०८३ जेष्ठ २२ गते
२०८३ जेष्ठ २२ गते

गलकोटमा अन्तरजातीय विवाह गर्ने जोडी र उत्कृष्ट दलित विद्यार्थीको सम्मान

Advertisement

Advertisement

गलकोट, जेठ २१ — २१औँ जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा गलकोट नगरपालिकाले अन्तरजातीय विवाह गर्ने जोडी तथा उत्कृष्ट शैक्षिक नतिजा हासिल गरेका दलित विद्यार्थीलाई सम्मान गरेको छ। उक्त कार्यक्रम जातीय विभेद अन्त्य, सामाजिक सद्भाव प्रवर्द्धन तथा शिक्षाप्रति उत्प्रेरणा जगाउने उद्देश्यले आयोजना गरिएको हो।

कार्यक्रममा गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरे ले जातीय विभेद र छुवाछुत जस्ता सामाजिक विकृतिको अन्त्यका लागि सबै पक्षको साझा प्रतिबद्धता आवश्यक रहेको बताउनुभयो। उहाँले अन्तरजातीय विवाहले सामाजिक एकता, समानता र समावेशी समाज निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै यस्ता विवाहलाई प्रोत्साहन गर्न नगरपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो।
नगरप्रमुख गैरेले शिक्षा नै सामाजिक रूपान्तरणको मुख्य आधार भएको बताउँदै दलित समुदायका विद्यार्थीले प्राप्त गरेका उत्कृष्ट नतिजाले समाजमा सकारात्मक सन्देश दिएको उल्लेख गर्नुभयो। उहाँले विद्यार्थीहरूलाई निरन्तर अध्ययनमा लाग्न र आफ्नो लक्ष्यप्रति प्रतिबद्ध रहन आग्रह गर्नुभयो।
कार्यक्रममा अन्तरजातीय विवाह गर्ने सात जोडीलाई सम्मान गरिएको थियो। त्यस्तै आधारभूत शिक्षा परीक्षा (कक्षा ८) मा ३.६ भन्दा बढी जीपीए प्राप्त गर्ने तथा माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ३.२ भन्दा बढी जीपीए हासिल गर्ने दलित विद्यार्थीलाई पनि सम्मान गरिएको नगरपालिकाले जनाएको छ।
कार्यक्रममा वडा नं. १ का अध्यक्ष लाल बहादुर राना, वडा नं. ३ का अध्यक्ष फम बहादुर खत्री, वडा नं. ७ का अध्यक्ष राज बहादुर थापा, एकीकृत दलित सञ्जाल बागलुङ का वीर बहादुर नेपाली, घुम्टे दलित सञ्जाल गलकोट का अध्यक्ष ओम बहादुर सुनार तथा दलित अगुवा बालसिंह परियार ले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
गलकोट नगरपालिकाका उपप्रमुख फमलाल निउरे को अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत कार्यपालिका सदस्य चन्द्रमोहन विक ले गर्नुभएको थियो भने सञ्चालन कार्यपालिका सदस्य राम प्रसाद विक ले गर्नुभएको थियो।
कार्यक्रमले जातीय विभेदमुक्त समाज निर्माण, अन्तरजातीय सम्बन्धप्रति सकारात्मक सोचको विकास तथा दलित समुदायको शैक्षिक उन्नयनमा थप प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरिएको छ।

By निलुवा खबर

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.