Niluwa Online Khabar

२०८३ बैशाख २ गते
२०८३ बैशाख २ गते

टोकियोमा निलुवा समाज जापानद्वारा तिजको दरखाने कार्यक्रम

Advertisement

Advertisement

टोकियो/जापान – निलुवा समाज जापानले हिन्दू नेपाली महिलाहरूको महान पर्व हरितालिका तिजको अवसरमा टोकियोमा दरखाने कार्यक्रम आयोजना गर्ने भएको छ। कार्यक्रम आगामी अगस्ट १८, सोमबार, साँझ ६ बजेबाट नेपाली भान्सा घर रेस्टुरेंट (〒133-0056 Tokyo, Edogawa City, Minamikoiwa, 7 Chome−26−16 リバティ小岩 2F) मा हुने तय भएको छ।

“सुन्दर निलुवा हाम्रो सान, पूर्वाधार विकासमा हामी सबैको अभियान” भन्ने मूल नारासहित सन् २०१५ मा स्थापना भएको निलुवा समाज जापानले हरेक वर्षजस्तै यस वर्ष पनि तिजको दरखाने कार्यक्रम भव्य रूपमा मनाउने तयारी गरेको हो।

संस्थाका अध्यक्ष मोहनराज सुबेदीका अनुसार, विदेशमा यस्ता सांस्कृतिक कार्यक्रमहरूले नेपालीबीच आपसी सद्भाव, एकता र भाईचारा मजबुत बनाउने मात्र नभई कला–संस्कृतिको संरक्षणमा पनि टेवा पुर्‍याउनेछन्।

विशेषगरी बागलुङ जिल्लाको गल्कोट नगरपालिका–४, चमुवाबाट जापानलाई आफ्नो कर्मथलो बनाएका नेपालीहरूलाई एकीकृत गर्दै आएको यो संस्था छोटो समयमै जापानवासी नेपालीबीच लोकप्रिय बन्दै आएको छ। संस्थाका वरिष्ठ उपाध्यक्ष हरि प्रसाद सुबेदीका अनुसार, समाजले विभिन्न किसिमका सहयोग र विकासका कार्यमा निरन्तर हातेमालो गर्दै आएको छ।

By निलुवा खबर

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.