Niluwa Online Khabar

२०८३ जेष्ठ १४ गते
२०८३ जेष्ठ १४ गते

पेसी–सुनुवाइदेखि दर्तासम्म: सर्वोच्च अदालत आजबाट सामान्य

Advertisement

Advertisement

काठमाडौं। सर्वोच्च अदालत आजदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ। भदौ २४ गते ‘जेनजी’ आन्दोलनका क्रममा भएको आगजनीपछि आंशिक रूपमा मात्र सेवा सञ्चालन हुँदै आएकोमा मङ्सिर १ गतेदेखि सबै सेवा पूर्ववत् रूपमा खुला गरिएको हो।

गत कात्तिक २१ गते बसेको सर्वोच्च अदालतको पूर्ण बैठक (फुल कोर्ट) ले आगजनी, ढुङ्गामुढा, तोडफोड तथा लुटपाटका घटनाबाट सुरक्षित रहेका मुद्दाहरू र अवरुद्ध भएका सबै सेवा मङ्सिर १ गतेदेखि नियमित गर्ने निर्णय गरेको थियो।

पूर्ण बैठकले जारी गरेको सूचनामा भनिएको छ, “मुद्दाका मिसिलहरू नष्ट हुनबाट बचेका कारण पेसी तारेख तोकिएको दिनदेखि ती सबै मुद्दाको पहिलेको जस्तै नियमित सुनुवाइ हुनेछ। अन्य पेसी नचढेका मुद्दाहरू कानुनबमोजिम अङ्ग पूरा गरी सुनुवाइ गरिने छ।”

अवरुद्ध सेवा पुनःसञ्चालनसँगै मुद्दा दर्ता, पुनरावेदनपत्र, दोहोर्‍याई पाउ, पुनरावलोकन निवेदनलगायत सबै प्रक्रिया आजदेखि सामान्य रूपमा सुरु भएको सर्वोच्च अदालतले जनाएको छ।

जेनजी आन्दोलनका कारण अदालतको भौतिक संरचना पूर्ण रूपमा नष्ट भएको थियो भने केही मुद्दाका मिसिलहरू जलेर क्षतिग्रस्त भएका थिए। यद्यपि अदालतको सूचना प्रविधि शाखाले सूचना प्रणाली ‘रिकभर’ गर्न सफल भएको जनाएको छ।

By निलुवा खबर

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.